परदेशको विहे, दुई महिने खेल !

 

राजा बगर 

उमेरमै नेपाल आर्मीबाट पेन्सन पकाएर निस्केपछि मेरा लागि काम गरिखाने लामो उमेर बाँकी नै थियो । हामी नेपालीका लागि चौकिदारको काम नै सजिलो । त्यसमाथि म त नेपाल आर्मिको जागिरबाट रिटायर्ड भएकोले चौकीदारीको काममा मेरो माग जुनसुकै देशमा हुनसक्थ्यो । आफुले जानेको सीपकै जागिरले डोर्याउँदै मलाई १७ बर्ष अघि ल्याईपुर्यायो रेगिस्तानी देश युएर्ईमा । 

जागिर छोडेको केहि समयसम्म नेपाल बस्दा पनि म खाली हात बसिन । आर्मीको जागिरमा हामीले सिक्ने पनि त्यहि हो । खाली हात त्यसै नबस । कुनै न कुनै काम गरिरहु । आर्मीको ड्युटीमा हुँदा हामी केहि काम छैन भनें आफ्नो गण बसेको ठाउँ वरिपरी सरसफाईको काममा खटिन्थ्यौं, चाहे त्यो दिनहुँ नै किन नहोस् । सायद त्यत्तिकै बस्ने बानीले अल्छि बनाउँछ भनेर हो की, हामीलाई कहिल्यै खाली राखिन्नथ्यो । केहि न केहि काम गरिरहनै पर्ने । त्यसैले यो मेरो नियमित अभ्यास बन्यो जीवनको । 

घरमा श्रीमति र एक छोरा अनी एक छोरीलाई छोेडेर म एकदिन दुवई उत्रिएँ । आर्मीको जागिरे जीवनमा पनि परिवारसँग उति बस्न पाइएन । र, जागिरबाट रिटायर्ड भएपछि पनि परिवारबाट टाढैै हुनुपर्यो । मुटुभरी श्रीमति र छोराछोरीको माया बोकेर यो रेगिस्तानको तातो खान आइपुगें म । 

म युएई उत्रिएको बेलामा अहिलेजस्तो थिएन । ईण्टरनेटबाट नेपाली गीत हेर्ने कहाँ सुविधा थियो र ? त्यसैले दुवईमा डिभिडिको ठूलै माग हुन्थ्यो । तर त्यो पाउन उति सजिलो भनें थिएन । अर्थात डिभिडी बेच्न सक्दा कमाई गतिलै हुन्थ्यो । 

यो कुरा बुझेपछि मैले नेपाली फ़िल्म र गितका सिडिलाई कपि गरेर बरदुबइको नेपाली चोकमा बेच्न थाले । युएईमा गैरकानूनी काम हो भन्ने जान्दा जान्दै पनि मैले यो काम थालें ।  म नेपालीलाई भेटेर त्यस्ता सिडीहरु बेच्थें र त्यसबाट हुने आम्दानी खुरुखुरु घर पठाउँथे । युएईमा मैले बेचेको त्यो सिडीको पैसाले मैले नेपालमा छोराछोीलाई राम्रो बिद्यालयमा पढाउँदै थिएँ । परिवारबाट टाढा भएपनि परिवार सुखैले बाँचेको थियो । दुई मुलुकमा बाँडिएको मेरो सानो परिवार हाँसिखुशी जीवन काट्दै थियो । 

तर भनिन्छ नी, ‘हुन हार हार दैब नटार’ । गत बर्षको भूकम्प त्यस्तै बज्रपात बोकेर आयो मेरो जीवनमा । भूकम्पका कारण मेरी श्रीमतिको हृदयाघात भयो । भूकम्पको झड्काको डरले आत्तिएर मेरी श्रीमतिले यो संसार छोडिछन् । उनी मलार्ई एक्लै पारेर कहिल्यै नफर्किने गरी विलिन् भइन् । म एक्लो भएँ ।   

मेरा छोराछोरी दुवैको विहे भइसकेको छ । घरमा छोरा बुहारी र नाति त थिए तर पनि मन एक्लो भयो । म नितान्त एक्लो अनुभव गर्न थालें । नेपाल गएको म घरमा एक्लै बस्नै सकिन। छोरो बिहानै कलेज पढाउन जान्थ्यौ । बुहारी कलेज जान्थिन। मलाई निकै गार्हो भयो दिन काट्न । त्यसैले मन नअडिएपछि पुनः म केहि महिना पछि दुबई पुरानै काममा फर्किएँ । 

दुबई त आएँ तर उनको यादले सताउन छोडेन । भनिन्छ लोग्ने मान्छे रुनु हुन्न रे । तर यो भन्न जति सजिलो छ भोग्न उति सजिलो छैन । हो, म धेरै पटक रोएँ। डाको छोडेर रोएँ । लोग्ने मान्छे भएर पनि म मेरी प्यारी श्रीमति सम्झेर धेरै पटक रोएँ । 

फेसबुक मन बहलाउने एउटा माध्यम भएको छ मेरा लागि । त्यसैले म श्रीमतिको फोटो होलेर तिमि कहाँ गयौ भनेर सोधिरहन्थें । थुप्रै चिनारुहरुले सान्त्वनाका शव्द लेख्थे, अव यसो गरिरहेर हुन्न भनेर सम्झाउँथे तर मन माने पो । 

म युएई आएपछि पनि नेपालमा फोन गरिरहन्थें । तर छोरोलाई फोन गर्दा उ क्याम्पसमा व्यस्त हुन्छ । कति उसलाई झिंझो लाउनु भनेजस्तो हुने । छोरीलाई फोन गर्दा हरेक पटक उसको हिक्क हिक्क सुन्न सक्दिन । बुहारीसँगको कुराकानीमा सञ्चो विसञ्चो बाहेक के पो कुरा गर्नु र ? कुनै समय थियो फोन गर्ने पैसा पनि हुन्नथ्यो तर मेरो फोन पर्खेर बस्ने मान्छे थियो घरमा । धेरै दिनपछि बल्लतल्ला गर्ने फोनमा सुनिने त्यो उत्साह, खुशीले अर्को पटक फोन गर्ने पैसा जम्मा गरुञ्जेलसम्म मन खुशी भईरहन्थ्यो । तर आज फोनमा भनेजति पैसा छ तर गफ गर्ने मान्छे छैन । मलाई विस्तारै डिप्रेशन भएछ । र। म अर्को बिहे गर्ने निर्णयमा पुगें । छोराछोरी बुहारी सबै सँग सल्लाह लिएँ, सवैले खुशी भएर हुन्छ भन्ने मञ्जुरी दिए । दुबईमै भेटिएकी एक नेपाली महिलासँग विहे तय भयो । हामी नेपाल गएर विहे गर्यौं ।              

म निकै सोझो छु आफ्नो कर्म र परिश्रममा विश्वास गर्छु । र अरुलाई छिटो बिश्वास पनि गर्छु। उनी पनि बुढो छोडेर एक्लो जीवन बिताईरहेकी थिइन् । त्यसैले मलाई लाग्यो हामी दुईको नयाँ जीवनको सुरुवात राम्रै होला । 

बिहे दर्ता गरेपछि मैले मेरो पेन्सनपट्टामा उनको नाम पनि लेखिदिए र पोखरामा एउटा घडेरि किनेर उनको र मेरो नाममा पास गरि हामि पुन दुबैजना दुबई आयौ। उनी र म मेरो कम्पनिले दिएको कोठामा सँगै बस्न थाल्यौं । उनी भिजिट भिसामा आएकोले केहि दिनमा काम खोजेर काम गर्न थालिन् । अव झन सजिलो हुन्छ भन्ने लाग्यो । 

तर उनले जागिर थालेको दुई महिना पछि नै अचम्मको व्यवहार देखिन थाल्यो । बिदाको दिन उनी कोठामा बस्न मान्दिनथिईन् । एक्लै बाहिर घुमफिर गर्न जाने र मसँग झुट बोल्न थालिन् । केहि दिन त के गरौं, कसो गरौं भयो । भनौं कसलाई भन्नु यस्तो कुरा । 

यति भन्दै गर्दा दाजुका आँखामा आँशु छचल्किन थालिसकेको थियो । गला अवरुद्ध हुन थाल्यो । म पनि असमञ्जस्यमा परें के भनौं ? अक्क न वक्कको अवस्थामा घोरिएर बस्नुको विकल्प थिएन । उनले कुरा टुँग्याउँदै भनेः के भनौं र भार्ई यहि हो त दुबईको माया ? मलाई आइपरेको यो समस्या म कसलाई भन्न जाउँ ? 

(पाल्पाका बगर युएईमा कार्यरत छन् । यो उनकै गाउँले एक नेपालीले बताएको उनको भोगाई हो) 

युएईमा अलपत्र भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: