‘परदेशमा आइयो परेदशी भइयो मन रुन्छ हैरान’

युएई, मंसीर १०
नन्दु राईले यूएईको नेपाली समुदायमा भर्सटाइल गायकको रुपमा परिचय बनाएका छन् । लोक, पप तथा आधुनिक गायनमा दक्षता राख्ने भेडेटार धनकुटाका राईको नयाँ गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।  ‘परदेशमा आइयो परदेशी भइयो मन रुन्छ हैरान’ आप्पा र आमा सम्झेर रुँदै त्यो गाउँघरमा झल्झली आउँछ सँगै घुमेको धरान बजारमा’ जस्ता चलनचल्तीका शब्दले सजिएको प्रतिभाशाली गायक राईकै शब्द, संगीत र स्वर रहेको गीतमा परदेशी जीवनको वास्तविकतालाई भिडियोमा उतारिएको छ ।

लोकगीत, पपगीत तथा लोकपपगीतको फ्युजन गरी कर्णप्रिय गीत गाउन सिपालु राईले यसपालि आधुनिक गजल विधाको गीतको भिडियो बनाएका हुन् । सुसेली एल्बममा समाविष्ट राईको म्युजिक भिडियोमा दुबईका रमणीय स्थानहरु बरदुबई, देरा, आब्रा, यूएईका नेपालीहरुबीच लोकप्रिय स्थलहरुमा छायांकन गरिएको छ । उनको यसअघि सुसेली लाउने बोलको गीत लोकप्रिय भइसकेको छ । सोही एल्बममा रहेको कारुणिक गीत पिउन बाँकी छ बोलको गीतको म्युजिक भिडियोको पनि युएईमै छायांकन भइसकेको छ । 

भिडियोमा गायक राईलाई साथ दिएकी छिन् भोजपुरकी इना राईले । विभिन्न जातीय संघसंस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा परम्परागत जातीय नृत्य गरिसकेकी ईनाले म्युजिक भिडियोमा पहिलोपल्ट काम गर्दा रमाइलो भएको प्रतिक्रिया दिइन् ।

दुबईका रमणीय स्थानहरु क्रिकपार्क, मीनाबजारमा छायांकन गरिएको भिडियोमा साकेला र पहाडी जनजीवनमा आधारित मेलाका दृश्यहरु समेटिएको गायक तथा मोडल नन्दु राईले बताए । सफल गायक बन्ने सपना देखेका राईले संगीतको क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेको बताए । पहिलो नेपाली तारामा ९ हजारमा छानिएर ३ सयभित्र परे पनि गायक राईको त्योभन्दा अघि जाने बाटो बन्द भएको थियो । एउटा बाटो बन्द भए पनि अरु बाटाहरु खोज्दै नेपाली सांगीतिक आकाशमा आफ्नो नाम दर्ज गर्ने हुटहुटीले राईलाई कहिले छोडेन । पढाइ, करियर र जिम्मेबारीको बोझले राईलाई नेपालमै बसिरहन दिएन र लागे रोजगारीको क्रममा यूएईतिर आजभन्दा सात वर्षअघि ।

यूएईमा पनि उनी चुप लागेर बसेनन् । संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिन यहाँका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहे राई । संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिइरहेका राई यूएईका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहेका यो समयका सक्रिय गायक हुन् । सबै प्रकृतिका गीत गाउन पोख्त गायक राई क्यारिकेचर पनि सिपालु छन् ।
बैदेशिक रोजगार सम्वन्धि गीत हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय