विविसीको हेराईमा नेपालीले मन नपाउने भारतका ८ कुरा 

काठमाडौं, असोज १६ 

भारत र नेपालको जस्तो सम्वन्ध विश्वका कमै देशबीचमा देख्न पाइन्छ । दुवै देशबीच लामो खुल्ला सिमाना छ, धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा राजनीतिक रुपमा यी दुई देशबीच धेरै कुरा समान छन् । तर यतिले मात्र सम्वन्ध राम्रो हुन्छ भन्ने छैन । दुई देशबीच समय समयमा तनाव पनि हुने गरेको छ । नेपालमा पछिल्लो समयमा नयाँ संविधान जारी भएपछिको तनाव अझै सहज भइसकेको छैन । 

यहि सन्दर्भमा बिबिसीले नेपालीलाई मन नपर्ने ८ कुरा अगाडी सारेको छ । 

१. ‘ठूल्दाई’ रुपी हैकम 

धेरै नेपालीलाई लाग्छ नेपाल मामिलामा भारत आफूलाई ठूल्दाई सम्झन्छ । उसका व्यवहारले नेपालीलाई पोल्ने गर्छ । भारतले कुटनीतिक पहुँच प्रयोग गरेर यस्तो व्यवहार देखाउने गरेकोमा नेपाली रुष्ट छन् । हालैको नाकावन्दी त्यसैको पछिल्लो उदाहरण हो । 

२.’असमान’ सन्धिहरु

यस्ता असमान सन्धिहरुको लामो सूचि छ नेपालसँग जसलाई नेपाली असमान ठान्छन् । १९५० को सन्धी त्यसमध्ये महत्वपूर्ण हो । यसैगरी कोशी, गण्डक, महाकालीका जलसन्धिहरु प्नि नेपालीले असमान ठान्छन् । र, नेपाली भारतलाई मन पराउँदैनन । 

३. संप्रभुताका लागि ‘सम्मान छैन’

नेपालको आन्तरिक मामिलामा पनि भारतले चासो र हस्ताक्षेप गर्नेगरेको नेपाली ठान्छन् जुन उनीहरुलाई चित्त बुझ्दैन । हालै ९० प्रतिशत साँसदले पारित गरेको संविधानलाई भारतले अश्विकार गरेकोमा नेपाली रिसाएका छन् । 

४. सीमामा हुने गैरकानूनी असुली 

रोजगारीका लागि भारत गएर फर्किने नेपालीसँग सीमा नाकामा गरिने आर्थिक शोषण नेपालीलाई भारतप्रति घृणा गर्ने अर्को कारण हो । सीमानामा भारतीय प्रहरीले अनावश्यक रुपमा दुःख दिने गरेको उनीहरुको गुनासो छ । 

५. नेपाली भूभाग मिच्ने काम 

नेपाली भूभाग भारतद्धारा मिच्ने कुरा नेपालीका लागि अर्को आक्रोशको विषय हो । हुन त यो समस्या सीमा जोडिएका केहि ठाउँमा छ तर पनि यसले समय समयमा तनाव सिर्जना गरिरहन्छ । उदाहरणका लागि कालापानी, लिपुलेक लगायतका ठाउँ हुन् । 

६. ’असंवेदनशील’ भारतीय सञ्चारमाध्यम 

भारतीय सञ्चार माध्यम र मुख्य गरी टेलिभिजन च्यानलहरुले फैलाउने सनसनीपूर्ण खवर र अतिराष्ट्रवाद दुई देशको तनाव बढाउने अर्को कारण हो । त्यसैले नेपालीले ति सञ्चार माध्यम मन पराउँदैनन । 

७. साथि-शत्रुको सम्वन्ध 

हुन त नेपालमा भारतीय धेरै कुरा मन पराइन्छन् । नेपालीका बहुसंख्यक तीर्थस्थल भारतमा नै छन् । तर पनि ससाना विषयले पनि यी दुई देशबीच सम्वन्ध विगार्ने काम गरेको छ । भारतीय अभिनेता ऋतिक रोसन काण्ड त्यसको एउटा उदाहरण हो । 

८. ‘चीन प्रतिको शंका’

हालैका दिनमा नेपालमा चिनियाँ प्रभाव बढेको प्रति भारतीय शंका बढी नै भएको भन्दै नेपाली आक्रोशित छन् । 

(विविसी हिन्दीमा प्रकाशित सामग्रीको भावार्थ अनुवाद)

यो पनि पढ्नुहोस् 

‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय