अभिनेता श्रीकृष्णको निधन भएको दुई बर्ष, स्वेताले किन सम्झिइनन् उनलाई ? 

काठमाडौं- अभिनेता श्रीकृष्ण श्रेष्ठको स्वर्गारोहण भएको आज दुई वर्ष पूरा भएको छ । वि.स २०७१ साल साउन २४ गते अभिनेता श्रेष्ठको भारतस्थित दिल्लीको गंगाराम अस्पतालमा निधन भएको थियो । सोही भोलिपल्ट उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘कोेहिनूर’ प्रदर्शनमा आएको थियो, जुन फिल्मले अध्याधिक दर्शकको साथ पायो । 

स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको दोश्रो वार्षिक पुण्य तिथिलाई केही फिल्मकर्मीले सम्झिएका छन् । जसमध्ये ‘कोहिनूर’ का निर्देशक आकाश अधिकारीले आफ्नो फेसबुकमा तस्बिर सहितको स्टाटस लेख्दै स्व।श्रीकृष्णलाई सम्झिएका छन् । 

तर, आश्चार्य लाग्ने कुरा के छ भने नायिका श्वेता खड्काले भने स्व. पतिको सम्झनाको आफ्नो पर्सनल र फ्यान फेसबुक पेजमा कुनै पनि सम्झनाका शब्दहरु खर्चिएकी छैनन् । जबकी गत वर्ष उनले स्व. श्रीकृष्णको सम्झनामा भावपूर्ण कविता समेत कोरेकी थिइन् र फेसबुकमा पोस्ट गरेकी थिइन् । 

स्व. श्रीकृष्णको पहिलो वार्षिक पुण्य तीथिमा औपचारिक कार्यक्रम समेत गरिएको थियो जहाँ श्रीकृष्णको परिवार सहित पत्नी श्वेता पनि उपस्थित थिइन् । स्व. श्रीकृष्णको जीवनी लेखिएको पुस्तक विमोचन गर्दै श्वेता भावविहल भएकी थिइन् । 

मज्जाको अनलाइनबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय