लागु औषध सेवन गरेको भन्दै बाँदरलाई देश निकाला !

हरि कृष्ण न्यौपाने, कुवेत 

लागूऔषध दुर्व्यासनिका लागि निषेध गरिएको कुवेतमा लागूऔषध बिक्री बितरण र प्रयोग गर्ने दुबैलाई बिगो हेरी हदैसम्मको दण्डजरिवाना र कारबाही हुँदै आएको छ। यसै बिच कुवेतमा केही दिन पहिले मात्र बाँदर धनीका साथ बाँदर पनि लागूऔषध दुर्व्यसानिमा फसेको र मातिएको अवस्थामा भेटिएकोले बाँदरलाई उसकै देश इण्डोनेशिया देश निकाला (डिपोर्ट) गरिने भएको छ।

कुवेतको चर्चित पत्रीका अलराइलाई उधृत गर्दै कुवेत पेजको अनलाइन संस्करणले जनाए अनुसार केहीदिन पहिले कुवेती मालिकले उक्त बाँदर सहित चलाएको सवारी साधन सडक दुर्घटनामा परेको थियो। यसै बिच प्रहरीले उद्दार गर्ने क्रममा कुवेती साहु अनी उक्त इण्डोनेशियाबाट ल्याइएको बाँदर दुबै लागूऔषध सेवनका कारण मातेको अवस्थामा भेटिएका थिए। 

प्राप्त खबरमा सवारी दुर्घटना पछी कुवेती बाँदर धनीलाई गरिएको प्रश्न तथा स्वास्थ्य जाँचको क्रममा बाँदरले पनि लागूऔषध सेवन गरेको प्रमाणित भएको थियो। उक्त लागूऔषध दुर्ब्यसनी बाँदरलाई एक चिडियाखानामा सारिएको छ भने उक्त बाँदरलाई कृषि तथा माछा संसाधन मन्त्रालयले आफ्नो नियन्त्रणमा राख्दै अनुसन्धान गरीरहेको जनाइएको छ। 

यो पनि पढ्नुहोस् 

काँचो सुन लैजान पाउनु पर्ने मागः कामदारको हीत की तस्करको भरिया ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय