हङकङमा अवशर खोज्दै नेपाली

हङकङ- हरेक साता पार्टी आयोजना हुने हङकङमा नेपालका चर्चित फेसन डिजाइनरहरुले बजार खोज्न थालेका छन् । हङकङको नेपाली मोडेल ऐजेन्सी सेन्स अफ क्लिकले यसको चाँजोपाँजो मिलाइदिने गरेको छ ।

यसपालि क्लिकले आयोजना गरेको चौथो फेसन सोमा २४ जना स्थानीय मोडेलले काठमाडौँका तीन र हङकङका एक फेसन डिजाइनर्सका पोसाक लगाएर र्‍याम्पमा क्याटवाक गरे। कार्यक्रममा चर्चित डिजाइनर खुश्वु डंगोल(ओडनी बुटिक), यूबी थापा (यूबी कलेक्सन), अन्टी गुरुङ (अन्टी इन्स्पायर्स) र हङकङकी बीना गुरुङ (स्पिन्कल ज्वेलर्स) का डिजाइन प्रदर्शन गरिएको थियो । हङकङमा यसअघि नेपालमा चिनिएका डिजाइनरहरू शुभेच्छा भडेल, स्वर्णीम राई, तेन्जिङ भुटियाका डिजाइन सो भइसकेको छ ।

सेन्स अफ क्लिकका कोरियोग्राफर पवन सुब्बा भन्छन्, ‘हङकङमा हरेक साता पार्टी हुन्छ । तिनले दोहोर्‍याएर ड्रेस लगाउँदैनन् । केटीहरुले मासिक कम्तिमा दुई(तीन लाख रुपैयाँ कमाउँछन् । तिनका लागि डिजाइनर्सहरुका कपडा लगाउनु ठुलो कुरा होइन । त्यसैले डिजाइनर्सका आँखा हङकङमा परेको हो ।’

यसपालिको फेसन सोमा अढाई लाख रुपैयाँ सम्मका डिजाइन प्रदर्शन गरिएका थिए ।
 क्लिकले यसअघि तीनवटा सो सम्पन्न गरेपनि ती यतिविघ्न सफल थिएनन् । सुब्बा भन्छन, ‘पहिला मोडल खोज्न सोर्सफोर्स लगाउँदै हिँड्नुपर्थ्यो । अहिले फेसबुकमा दिइएको एउटा सूचनाका आधारमा मोडलहरु प्रतिस्पर्धा गर्न आइपुगे ।’

यसपालिको फेसन सो अरुबेला जस्तो बार र रेस्टुरेन्टका साँघुरा हलमा नभएर स्थानीयले कार्यक्रम गर्ने व्यावसायिक हलमा गरिएको थियो ।


युवा(युवती मात्र नभई अभिभावकहरु पनि डिजाइनर्सका ड्रेसमा ठाँटिएर सो हेर्न आइपुगे । कोरियोग्राफर सुब्बाले अनुभव सुनाए, ‘फेसन डिजाइन चिनाउन पहिलो साल हामीले प्रियंका कार्की र झरना बज्राचार्यलाई ल्याएर र्‍याम्पमा उतार्‍यौँ । मान्छेले नाक खुम्च्याउँथे । तर अहिले दर्शक बढेका छन् ।’ सुब्बा थप्छन्, ‘यसअघि दर्शकको संख्या नगन्य हुन्थ्यो, यसपालि दुई सयभन्दा बढी टिकट बिक्यो ।’

रनवे फेसन सो – ४ नाम दिइएको कार्यक्रमलाई पूर्व मीस नेपाल हङकङ परिना सुब्बाले सञ्चालन गरेकी थिइन् । सुब्बा र उनका सहपाठी फोटोग्राफर मौसम श्रेष्ठले तीन वर्षअघि सेन्स अफ क्लिक सुरु गरेका हुन् ।

नेपालखवर डटकमबाट साभार

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय