फेसबुकबाट फसाएर किशोरीलाई बेच्न लैजाने पक्राउ

 

कञ्चनपुर- भारतमा काम गर्ने प्रलोभन दिएर लैजाँदै गरेका नौ जना महिलाको आज कञ्चनपुरको महेन्द्रनगरस्थित बसपार्कबाट उद्धार गरिएको छ । मानव बेचबिखन विरुद्धको कार्यमा संलग्न गैरसरकारी संस्था थ्री एन्जल्स् नेपालको सहयोगमा महिलाको उद्धार गरिएको राससले जनाएको छ । 

आफन्त कहाँ जाने भनेर बसपार्क हुँदै भारततर्फ हिँड्न थालेका चितवन, सिराहा, सिन्धुपाल्चोकका नौ जना महिलाको उद्धार गरिएको थ्री एन्ल्सका शाखा प्रबन्धक आरती शर्माले बताए । “भारततर्फ जान हिँडेका सबै महिलालाई जाने ठाउँबारे राम्ररी जानकारी नभएको, कामबारे जानकारी नभएको र काम गर्न जाने मान्छेसँग चिनजान नभएको सोधपुछका क्रममा पाइएपछि बसपार्कबाटै रोकथाम गरी उद्धार गरेका छौँ”, प्रबन्धक शर्माले भने । उद्धार गरिएका महिला बेचबिखनको उच्च जोखिममा पर्ने सम्भावना भएकाले रोकथाम गरी आफन्तलाई बुझाइने उनले बताए । उद्धार गरिएका सबै महिलाको उमेर बीस वर्षभन्दा माथि रहेको छ । 

यसैगरी, सोमबार पश्चिमी सीमा नाका गड्ड चौकी हुँदै भारतको मनाली हिमाञ्चल लैजाँदै गरेकी रामेछापकी १२ वर्षीया किशोरीको माइती नेपाल कन्चनपुरले उद्धार गरेको थियो ।

किशोरीलाई भारततर्फ लैजाँदै गरेका काभ्रे घर भई काठमाडौँमा डेरा गरेर बस्ने ३७ वर्षीय तेजबहादुर स्याङ्तान उर्फ विजय मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमार्फत प्रेमको प्रलोभनमा पारी मोक्तानले किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको माइती नेपालले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय