विश्वकै सुरक्षित देशका असुरक्षित नेपाली चेलीका आवाज सुनेका छौ ?

 

दिपक पुुडासैनी, दोहा 

हातका नाडि देखि पाखुरा हुुँदै गर्धनसम्म चुरोटका ठुटाले पोलेको डाम बोकेर दुुतावासको शरणमा आइपुुगेकी थिइन बुुटवलकी पार्वती परियार । झन्डै ३५ किलो जतिकी देखिने ३३ बर्षीया परियारलाई के भएको थियो भनि बुुझ्न खोज्दा डर, त्रास, भय र तनावले भरिएको उनको बोली फुुट्नै करिब २ घन्टा लागेको थियो ।

नेपाली ट्याक्सी चालकले बाटोमा अलपत्र अवस्थामा देखेर दुुतावाससम्म ल्याइदिएको । उनले काम गरेको घरको यातना सहन नसकेर फोहोर फाल्न निस्कंदा ५० डिग्रीको चर्को घामको बेवास्ता गर्दै खाली हातै त्यहाँबाट भागेकी थिइन । बैदेशिक रोजगारीका लागि घरबाट निस्कँदा ५४ केजी तौल भएकी उनी १३ महिनाको कतार बसाईमा १९ किलो घटिछन् । 

२ घण्टा पनि राम्रोसँग सुुत्न नपाउने उनले दैनिक १८ देखि २० घन्टा काम गरिछन् । सुत्न नपाउने त छँदैछ, कतारको काम गराइमा पेटभरी खान समेत उनले कहिल्यै पाइनन् । यतिगर्दा पनि उनले पाउने भएको गाली, हप्कि, मात्रै होइन चुुरोटले पोलिदिने, कपाल लुुछ्ने, कुुटाइ खाने सामान्य भइसकेको थियो । यति मात्रै कहाँ हो र घर मालिक वा उसका छोराहरु जसले मौका पाउँछ उसैले गर्ने यौन हिंसा त सामान्य नै बनिसकेको थियो । 

१३ महिनासम्म ९ बटा घरमा पालैपालो काममा लगाए पनि त्यतिन्जेलको न त उनले पैसा नै पाइन न त बाहिरिया दुुनियाँ र घर परिवारसँग सम्पर्क गर्न नै । करिव ४ घण्टा उनको दर्दनाक कहानी सुुनेका कान्तिपुुरका तत्कालिन सहकर्मी दिनेश रेग्मी र मेरा कतिपटक आँशुले गाला भिजे गन्नै भुुलेछौ । उनको अवस्थाको बारेमा त कसरी बयान गरौ र खै । तत्कालिन राजदुुत प्रा.डा. सूर्यनाथ मिश्रको कठोर कदमपश्चात १३ दिन आश्रय स्थलमा बसेर खोज तथा अनुसन्धान बिभाग हँुदै झण्डै एक महिना पछी उनी स्वदेश फर्कन सफल भएकी थिइन । 

केहि बर्ष पहिलेको पार्वतीको यो घटनाले स्पष्ट हुुन्छ कि खाडीका देहशरुमा हुुने घरेलुु कामदार माथीको हिंसा । पार्वती त प्रतिनिधि पात्र मात्रै हुुन । गैर कानूनी बाटो हँुंदै खाडीका देशहरुमा घरेलुु कामदारका रुपमा ल्याइएका सयौ पार्वतीहरु यि र यस्तै हिंसा भोग्न आज पनि बाध्य छन । उनीहरु न त जिवित छन न त मर्न नै सक्छन । 

संगठित क्षेत्रहरु जस्तै बिभिन्न कम्पनी, सुुपर मार्केट अथवा सामान्य क्लीनरकै काममा आएका किन नहुुन् उनीहरु बिश्वमै सबैभन्दा सुुरक्षीत खाडीका देशहरुमा छन । तर घरेलुु कामदारका रुपमा उनीहरु यहाँ त्यतिकै असुुरक्षित । यि देशका अधिकांस घरहरुमा उनीहरुलाई पशुुलाई गरिने जति न्यूूनतम मानविय ब्यवहार समेत गरिदैन ।

फेरि सुुनिन थालेको छ नेपाल सरकारले खाडीका देशहरुमा घरेलुु कामदार पठाउन खुल्ला गर्दैछ । यदि यो कुुरा सत्य हो भने सरकार आफ्ना नागरिक प्रति अनुत्तरदायी मात्रै होइन सिमित दलालहरुको ललिपप खाँदै आफ्ना नागरिकको आफै हत्या गर्दै छ । धेरै भेटिन्छन अहिले नेपालमा खाडीका देशहरुमा घरेलुु कामदारका रुपमा काम गरी एक मुुठ्ठी स्वास मात्रै लिएर फर्केका नेपाली चेलिहरु । उनीहरुसम्म पुुगोस सरकार यस्ता बिषयमा निर्णय गर्नुु भन्दा पहिला । सोधोस् उनीहरुलाई खाडीका देशहरुमा घरेलुु कामदार माथी हुुने हिंसा कस्तो हुुन्छ ? मालिक, मालिक्नी र तिनका छोराहरुले कतिसम्म र कस्तोसम्म ज्यादती गर्छन भनेर ?

सयजना त्यस्ता महिलासँग कुुरा गर्दा १० जनाले मात्रै समयमा खान पाएको, समयमा तलब पाएको, मानविय ब्यवहार पाएको, चाहेको समयमा आफ्नो घर परिवारसँग फोन सम्पर्क गर्न पाएको, ४ देखि ५ घण्टा आनन्दले सुुत्न आराम गर्न पाएको भेटेमा अनि बल्ल पठाओस सरकारले नेपाली महिलालाई घरेलुु कामदार बनाएर खाडीका देशहरुमा ।

केहि सिमित दलालहरुले पाँच सातलाख घुुस खुुवाएर केहि नेता, केहि मन्त्री र केहि कर्मचारी किनेकै भरमा खाडीमा छोरी चेली बेचेर सरकारले नारकिय जीवन जिउन बाध्य नबनाओस् । छोरी चेलीका यस्ता पीडा र बेदना जसले नजिकबाट अनुुभुती गरेको छ उसैले मात्रै त्यसको मर्म बुुझ्न सक्छ । सोधेर हेरौ त कतारका पूर्व राजदुुत प्रा.डा. सूूर्यनाथ मिश्रलाई । 

[email protected]

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय