विदेशी कामदारको भर नपरः मलेसियन ट्रेड युनियन 

क्वालालम्पुर, फागुन ९- मलेसियामा अवैधानिक रुपमा बसेर काम गरिरहेका आप्रवासी कामदार ठूलो टाउको दुखाइको विषय भएको सरकारका एक मन्त्रीले बताएका छन् । उनले बढ्दो अवैधानिक संख्या चिन्ताजनक भएको बताए । 

मनव संशाधन मन्त्री दातुक सेरी रिचर्ड रोइतले अवैधानिक रुपमा बसिरहेका कामदारको संख्या समेत जोड्दा हाल मलेसियामा कुल श्रम शक्तिको १५ प्रतिशत विदेशी रहेको बताए । पुत्रजयामा आयोजित पत्रकार सम्मेलनमा उनले गत डिसेम्वर अन्यत्य सम्ममा मलेसियामा २१ लख ३५ हजार विदेशी कामदार कार्यरत रहेका जानकारी दिए । 

तर मलेसियामा कार्यरत मध्ये अधिकाँश आप्रवासी कामदार अवैधानिक रहेको भन्दै मन्त्री रिचर्डले यो चिन्ताकोे विषय भएको बताए । उनले झण्डै १७ लाख आप्रवासी कामदार अवैधानिक रुपमा मलेसियामा कार्यरत रहेको बताएको द मलेसियन ईन्साइडरले समाचार लेखेको छ । 

मलेसियन ट्रेड युनियन कंग्रेस(एमटीयूसी) का महासचिव गोपाल कृष्णनले हाल मलेसियाको कुल श्रम शक्ति मध्ये ३० देखि ३५ प्रतिशत आप्रवासी रहेको दावी गरे । उनले मलेसियाको ११ औं योजनाले आप्रवासी कामदारको प्रतिशत १५ भन्दा बढी नरहने तोकेपनि सरकारी वेवास्ताले आप्रवासीको संख्या उल्लेख्य बढेको गुनासो गरे  । 

उनले त्यसमा बंगलादेशबाट तीन बर्षभित्रमा १५ लाख काामदार ल्याउने गरी सरकारले गरेको सम्झौैता सही नभएको धारणा राखे । उनले अवैधानिक रुपमा बसिरहेकाहरुको समेत गणना गर्दा हाल नै लक्ष्य भन्दा धेरै बढी आप्रवासी कामदार मलेसियामा कार्यरत रहेको भन्दै थप विदेशी कामदार ल्याउन नहुने बताए । उनले विदेशी कामदारमाथि यति धेरै भर पर्नु स्वयं मलेसियाका लागि घातक हुने धारणा राखे । 

बंगलादेश र मलेसियाबीच तीन बर्ष भित्रमा १५ लाख बंगलादेशी कामदार ल्याउने सम्वन्धमा हस्ताक्षर भएपछि मलेसियाका विपक्षी तथा ट्रेड यूनियन यसको विपक्षमा उभिएका छन् । सो घटनापछि मलेसिया सरकार पनि पछि हटेको छ र तत्काल कुनै पनि देशबाट आप्रवासी कामदार नल्याउने घोषणा गरेको छ । तर बंगलादेशले भनें आफूले मलेसिया सरकारको कामदार तत्काल नलिने निर्णयका बारेमा कुनै आधिकारीक जानकारी नपाएको र आफ्ना नागरिक मलेसियामा छिट्टै काम गर्न जाने अपेक्षा गरिएको बताएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय