कतारमा नेपालीको मृत्युमा कम्पनी दोषि ठहर, ५४ लाख व्लड मनी तिर्न आदेश

काठमाडौं- कतारको एक अदालतले एक नेपाली कामदारको मृत्युमा कम्पनीलाई दोषि ठहर गर्दै पीडित परिवारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको छ । ति नेपाली कामदार कार्यरत सो निर्माण कम्पनीले सुरक्षाको उपाय अवलम्वन नगरेको भन्दै दोषि ठहर गरिएको दोेहा न्यूजले खवर छापेको छ । ति नेपालीकोे पर्र्ल कतारमा निर्माणाधिन एक टावरको सातौं तल्लाबाट खसेर गतबर्ष ज्यान गएको थियो । रेडको अल माना नामको कम्पनीका लागि ति नेपाली कार्यरत रहेको समाचारमा जनाइएको छ । तर ति नेपालीको नाम भनें उल्लेख गरिएको छैन । सो दुर्घटनामा दोषि ठहरिएको कम्पनीलाई पीडित परिवारलाई २ लाख कतारी रियाल(नेरु झण्डै ५४ लाख) व्लड मनिवापत तिर्न आदेश अदालतले दिएको छ । यसका साथै सो कम्पनीलाई सुरक्षा सम्वन्धि पर्याप्त व्यवस्था नगरेको भन्दै एक लाख रियाल जरिवाना तोकिएको छ । यसैगरी सुरक्षा सम्वन्धि विभागका प्रमुखलाई १० हजार रियाल जरिवाना तिराउने आदेश अदालतले दिएको छ । समाचारमा जनाइए अनुसार घटना सन् २०१४ को अप्रिलमा भएको थियो । स्काफोल्डिङको काम गर्ने ति नेपाली श्रमिक सातौै तल्लाबाट खस्न पुगेका थिए । उनको टाउकोमा चोट लागेर घटनास्थलमै ज्यान गएको थियो । कम्पनी तथा सो कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई सुरक्षाको राम्रो प्रवन्ध नगरेको भन्दै अदालतले दोषि ठहर गरेको हो । अदालतका न्यायाधिस यासिर अलि अल जायातको आदेशमा भनिएको छः सम्पूर्ण अध्ययन पश्चात कम्पनी नै यो दुर्घटनाको कारण देखिन्छ र यसलाई अपराध मान्न सकिन्छ । त्यसैले जरिवाना र पीडित परिवारलाई व्लडमनी तिर्न आदेश दिइन्छ । खाडीका देशहरुमा कसैको हत्या भएमा वा जानेर वा नजानि गराइएको दुर्घटनामा न्यायाधिसलाई उचित लागेमा पीडित परिवारलाई व्लडमनी दिलाउने चलन छ । अदालतको सुनुवाईका क्रममा कम्पनीका प्रतिनिधिले भनें घटनामा स्वयं मृतक व्यक्ति नै दोषि भएको जिकिर गरेका थिए । उनीहरुले कम्पनीका ईन्जिनियर तथा सुरक्षा विभागका प्रमुखलाई उनी माथिल्लो तल्लामा काम गर्न गएको जानकारी नभएको तर्क गरेका थिए । तर दुर्घटना पश्चात क्षतिपूर्ति रकम तिर्न भनें कम्पनी तयार रहेको उनीहरुले अदालतसामु बताएका थिए । यो पनि पढ्नुहोस् मेरो भिसा कहिले आउँछ…………?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय