शर्त पुरा नगरेसम्म घरेलु कामदार आउने छैनन् : राजदुत

अवुधावी- युएईका लागि नेपाली राजदुत धनञ्जय झाले नेपालले घरेलु कामदार पठाउन खुल्ला नगरेको प्रष्ट पार्दै घरेलु कामदारका लागि दुतावासमा निवेदन लिएर नआउन आग्रह गरेका छन् । विनाशकारी भूकम्प पश्चात पनि नेपालको नीतिमा कुनै परिवर्तन नभएको भन्दै राजदुत झाले यसका बारेमा भ्रममा नपर्न आग्रह गरेका हुन् । पुरानो नीतिका कुनै परिवर्तन गरिएको छैन, विषम परिस्थीतिमा धेरैले बैदेशिक रोजगारीलाई एउटा अवशरको रुपमा हेरिरहेका छन् तर हामी उनीहरुको सुरक्षालाई प्राथमिक ठान्दछौं राजदुत झाको भनाईलाई उधृत गर्दै एक्प्रेसले समाचार लेखेको छ । दुव्र्यवहार नै चासोमा घरेलु कामदार महिलामाथि हुने गरेको दुव्र्यवहार र उनीहरुले खेप्ने शारिरीक र मानसिक यातनाका कारण नेपालले गत बर्षदेखि युएई र अन्य खाडीका देशहरुमा घरेलु काममा पठाउन रोक लगाएको छ । यसैगरी फिलिपिन्स, ईण्डोनेशिया लगायतका देशहरुले पनि घरेलु कामदार पठाउन रोकेपछि ति देशमा घरेलु कामदारको चर्को अभाव भएको हो । राजदुत झाले नेपाल सरकार विपदको समयमा अझ धेरै अप्ठ्यारोमा आफ्ना नागरिक नपरुन् भनेर सचेत रहेको बताएका छन् । उनले रोजगारदाताले निश्चित शर्त पुरा गरेमा मात्र घरेलु कामदार नेपाल सरकारले अनुमति दिन सक्ने बताए । उनले युएईका रिक्रुटमेण्ट एजेन्सीहरु नेपालको बैदेशिक रोजगार विभागबाट अनुमति लिने बाटोमा गएमा मात्र घरेलु काममा महिलालाई पठाइने बताए । त्यसका लागि युएई स्थीत नेपाली दुतावासमा आधिकारिक रुपमा दर्ता हुनुपर्ने शर्त राखे । हालसम्म एउटा पनि त्यस्तो एजेन्सी दर्ताका लागि नआएको भन्दै राजदुत झाले यस्तो अवस्थामा आफ्ना नागरिकलाई जोखिमपूर्वक काम गर्न पठाउन नेपाल तयार नरहेको बताए । नेपालका घरबारविहिन भूकम्प पीडितहरुलाई बैदेशिक रोजगारीका नाममा तस्करी गर्न सक्रिय रहेको भन्दै अधिकारकर्मीहरुले यसमा सचेत रहन आग्रह गरिरहेका छन् । शक्ति समुहकी अध्यक्ष सुनिता दनुवारले धेरै घरवारविहिन महिला, युवतीहरु त्यस्ता तस्करहरुको निशानामा रहेको भन्दै यसमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गरेकी हुन् । यो पनि पढ्नुहोस् कतारी कम्पनीबाट हामी खुशी छौं: राज्यमन्त्री गुरुङ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय