कतारी कम्पनीबाट हामी खुशी छौं: राज्यमन्त्री गुरुङ

काठमाडौं – श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र नेपालका लागि कतारका राजदुत अहमद जासिम अल हामिरबीच काठमाडौंमा भेटवार्ता भएको छ । भेटघाट दुईपक्षिय सम्वन्धलाई प्रगाढ बनाउने विषयमा केन्द्रीत रहेको कतारी पक्षले जनाएको छ । श्रोतका अनुसार श्रमिकका विषयमा केन्द्रीत छलफलमा दुवै पक्षले आपसी छलफलद्धारा यसलाई सुल्झाउन सकिने बताएका थिए । भेटमा राज्यमन्त्री गुरुङले भूकम्पको समयमा कतारका कम्पनीहरुले नेपाली कामदार प्रति देखाएको उदारताको प्रशंसा गरेका थिए । जवाफमा कतारका राजदुत अल हामिरले नेपाली कामदार ईमान्दार र मेहनती भएको भन्दै उनीहरुको प्रशंसा गरेका थिए । तर यसअघि स्वयं राज्यमन्त्री गुरुङलाई नै उधृत गर्दै भूकम्प पश्चात पीडित आफन्तलाई भेट्न आउन खोज्दा समेत कतारका कतिपय कम्पनीहरुले अनुमति नदिएको भन्दै आलोचना गरेको खवर सार्वजनिक भएको थियो । भेटमा कतारी राजदुत अल हामिरले आगामी दिनमा कतार नेपालबाट अझ धेरै कामदार लैजान र्ईच्छुक रहेको बताएका थिए । यो पनि पढ्नुहोस् कतारमा रंगशाला बनाउँदै गरेका नेपालीलाई घर फर्किन दिइएन कोरियामा खतरनाक भाइरस, सचेत हुन नेपाली दुतावासको अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय