
काठमाडौं – केही साता अगाडीदेखि महामारीका रुपमा फैलिएको मिडिल इस्ट रेस्पिरेट्री सिंड्रोम (मर्स) नामक भाइरल रोगका कारण दक्षिण कोरियामा २ जनाको मृत्यु भएको छ । करिब ८ सय जना संक्रमित भेटिएका छन् । सोमबार ५० वर्षिय १ महिला र मंगलबार ७० वर्षिय १ पुरुषको मृत्यु भएको कोरियाको स्वाथ्य तथा कल्याण मन्त्रालयले जनाएको छ । मे २० वाट सुरु भएको भाइरलका कारण सोल र खेङ्गी प्रान्तका ५० भन्दा बढि प्राथामिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् । यसैबीच अन्तरिम प्रधानमन्त्री चुइ क्वाङ ह्वाङले रोग नियनत्रणमा प्रयास भइरहेको बताएका छन् । विश्व स्वास्थ संगठनले रोग कन्ट्रोल टोली पठाउने भएको छ । साउदी अरब र मध्यपूर्वी देशहरुमा देखा परेको मर्सका कारण विश्वभर हालसम्म ४ सय ७९ जनाको मृत्यु भइसकेको छ । यस रोगबाट संक्रमित हुनेको संख्या १ हजार १ सय ६९ जना पुगेको छ । यस रोगबाट संक्रमितहरुमध्ये २७ प्रतिशतको मृत्यु भइसकेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ । यो रोग लागेमा मानिसहरुमा रुघा खोकी र ज्वरो आउनुकासाथै मृगौलामा असर पुग्ने चिकित्सकहरुले जताएका छन् । यसैबीच सउल स्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई सचेत रहन आग्रह गरेको छ । बुधबार विज्ञप्ती निकालेर यो भाइरसबाट हालसम्म ३० जना मानिस संक्रमित भइसकेको भन्दै दूतावासले यसको उपचारसमेत जटिल रहेकाले संक्रमण हुनसक्ने स्थानबाट टाढा बस्न नेपालीलाई सचेत गराएको हो । ‘यो भाइरसको संक्रमणबाट बँच्न धेरै भीडभाड हुने स्थानमा सकेसम्म नजान, सम्भव भएसम्म मास्क लगाउन दुतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ती निकाल्दै ‘भेट हुने व्यक्तिसँग सकेसम्म हात नमिलाई मुखले बोलेर अभिवाद गर्नु नै यसबाट बच्ने प्राथमिक उपाय हो भनेको छ । यो पनि पढ्नुहोस् कुवेतमा पिज्जा–बर्गर बनाउने केटो पोखरामा कुखुरा स्याहार्दै (भिडियो सहित)