कुवेतमा लागु औषधसहित तीन नेपाली पक्राउ

काठमाडौं – कुवेतमा प्रतिवरिनधत लागु औषध सहित तीन जना नेपाली पक्राउ परेको त्यहाँको एक अनलाइनले समाचार लेखेको छ । अरव टाइम्स अनलाइनका अनुसार ति नेपालीहरु प्रतिबन्धित लागूऔषध हेरोइन एक किलो र मेथाम्फेटामाइन दुई सय ५० ग्राम सहित पक्राउ परेका हुन् । सुरक्षा श्रोतका अनुसार डाइरेक्टोरेट जेनेरल फर ड्रग कन्ट्रोल (लागूऔषध नियन्त्रण निर्देशनालय) ले विदेशीहरुको समूहबीच लागुु औषध किनबेच सम्वन्धि छलफल भइरहेको जानकारी पाएपछि अनुसन्धानका लागि समिति बनाइएको थियो। सूचना पुष्टि तथा आवश्यक कानुनी प्रक्रियापश्चात अभियुक्तहरुलाई लागूऔषध सहित पक्राउ गरिएको समाचारमा जनाइएको छ । पक्राउ परेकाहरु थप अनुसन्धानमा रहेको जनाइएको छ। उनीहरुको परिचय र कहिले कुन ठाउँबाट उनीहरु पक्राउ परेका हुन् भन्ने खुलाइएको छैन । यो पनि पढ्नुहोस् रहस्यमय ढंगमा नेपालीको मृत्यु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: