रहस्यमय ढंगमा नेपालीको मृत्यु

टोकियो—अध्ययनका लागि जापान आएका एक नेपाली युवकको आइतबार राति रहस्यमय तरिकाले मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका भीमबहादुर कटवाल रहेका छन्। न्यू भिजन इन्टरनेशनल कन्सलटेन्सीमार्फत गत १४ अप्रिलमा जापान आएका कटवाल निसी टोकियो इन्टरनेशनल भाषा विद्यालयमा जापानी भाषा अध्ययनरत थिए। आइतबार दिउँसोसम्म उनलाई केही भएको थिएन । सँगै बस्दै आएका रविन तामाङ्का अनुसार आइतबार बेलुका खाना खाइरहेको समयमा एक्कासि बोली बन्द भएपछि उनलाई तत्कालै यहाँको नेशनल डिफेन्स अस्पताल लगिएको थियो। अस्पतालले उनलाई तत्काल मृत घोषणा गरेपनि किन र के कारणले मृत्यु भएको भन्नेबारे केही बताएको छैन । निसी विद्यालयले पनि कटवालको मृत्यु भएको पुष्टि गरेपनि मृत्युको कारणबारे केही बताएको छैन । रासस यो पनि पढ्नुहोस् ‘म त राजेश दाईलाई भेट्न अबुधाबी जाने भएँ नी’  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय