दोहा- कतारमा सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिताका लागि स्टेडियम बनाइरहेका नेपाली कामदारले भूकम्प पछि नेपाल फर्किन पाएका छैनन् । आफन्त गुमाएकाहरुले नेपाल फर्किन निवेदन दिंदा समेत उनीहरुलाई अनुमति नदिइएको हो । बेलायती सञ्चारमाध्यम गार्जियनका अनुसार यसमा नेपाल सरकारले पहिलो पटक सार्वजनिक रुपमा फिफा समक्ष गुनासो गर्दै कतारको आलोचना गरेको छ । नेपाल सरकारले फिफा र उसका व्यवसायीक साझेदारहरुलाई पीडामा रहेका नेपाली कामदारको घर फिर्तिको व्यवस्था मिलाउन दवाव दिन समेत आग्रह गरेको हो । कतारमा आगामी विश्वकपका लागि निर्माण भइरहेका रंगशशालामा विशेषगरी नेपाली, भारतीय, पाकिस्तानी, बंगलादेशी तथा श्रीलंकाली कामदारले काम गर्छन् । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले भनेः हामीले भूकम्प पश्चात कतारका सम्पूर्ण कम्पनीहरुलाई नेपाली कामदारका लागि विशेष विदा दिन आग्रह गरेको थियौं । केहिले त्यस्तो सुविधा दिए पनि । तर रंगशाला निर्माणका लागि खटिएका कामदारले घर फिर्ने अनुमति पाएनन् । समयमै काम सक्नु पर्ने दवाव सहित उनीहरुलाई नेपाल फर्किन नदिएको हामीले खवर पाएका छौं ।” श्रम तथा रोजगार राज्यमन्त्री गुरुङले भनेका छन्ः उनीहरुले आफन्त गुमाएका छन् र उनीहरुको परिवार नेपालमा धेरै गाह्रो अवस्थामा बाँचिरहेका छन् । उता कतारमा रहेकाहरुले त्यसको पीडा भोगिरहेका छन् ।” उनले यसका लागि फुटवलको सर्वोच्च संस्था फिफालाई अनुरोध गर्ने प्रयत्न भइरहेको समेत बताए । “फिफा र उसका धनी व्यवसायीक साझेदार प्रायोजकहरुले नबोलेसम्म हामीजस्तो गरिव, सानो देशले बोलेर मात्र कतारले हाम्रो आवाज सुनिरहेको छैन” राज्यमन्त्री गुरुङले भनेका छन् । उनले भनेः हामी कतार सरकार तथा अन्य निकायसँग मिलेर काम गर्न चाहन्छौं । हामीलाई यो अवस्थामा अझ बढी रकम चाहिएको छ । तर सँगसँगै हामी पीडितले राहत र सहयोग पाउनु पर्छ भन्नेमा प्रष्ट छौं । यो अवस्थामा हामी चुप लागेर बस्न सक्दैनौं ।” यो पनि पढ्नुहोस् छोरोलाई लग्यो भूकम्पले, बाबु नेपाल फर्किन पाएनन्
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1