छोरोलाई लग्यो भूकम्पले, बाबु नेपाल फर्किन पाएनन्

” दुई बर्ष देखि ११ बर्षिय छोरालाई काठमाडौमा पढाउन राखेको थिएँ । भक्तपुरको एक स्कुलमा पढ्दै थियो । छोरा सिरेशले राम्रो शिक्षा पाउला भनेर आफ्नो भाईको परिवारसँगै राखेर पढाईरहेका थिए । उनीहरु भाडामा बस्थें । उनका भाइ काठमाडौमा चालकको काम गर्दथे ।” जुल्मा पट्मरा ३ का ३९ वर्षिय हरी बहादुर बुढा यतिबेला आफ्नै छोरो सहित भाईका ४ परिवारलाई गुमाउनुको पिडामा छन । अर्कोतिर कतार आएको २२ महिना पुग्दै गर्दा अलपत्र बन्नु परेको छ । कतारमा कार्यरत उनलाई गत बैशाख १२ गते नेपालमा आएको विनाशकारी भुकम्पले झस्कायो । उनले जुम्लामा श्रीमतीलाई सम्पर्क गरे । काठमाडौमा छोरालाई सम्पर्क गरे सबै ठिकै थियो । नेपालको हालत जस्तै भएपनी परिवार कुशलै रहेको खबरले ढुक्क भए । खान लाउन नेपालमा नै पुगिरहेको थियो । ३ सन्तानका बाबु उनले छोराछोरीको भविष्य र बुढेसकालमा सजिलो होला भन्ने सोचेर प्रवास पस्ने निधो गरे । आफन्त र म्यानपावरको सहयोगमा १ लाख ५ हजार रुपैया तिरेर कतार आए उनी । कतारमा उनले भनेजस्तो काम थिएन तर तलव भने राम्रै पाए । नेपालमा भनिएको भन्दा ५० रियाल तलव बढी पाएका उनको सपना ३ महिनामा नै चकनाचुर बन्यो । कतारको मैजार स्थित एक ईरानी रेस्टुरेन्टमा १३ महिना काम गरेका उनले मात्र ५ महिनाको तलव बुझेका छन । ३ महिनासम्म राम्रै थियो त्यस पछी एक एक महिना गर्दै रेष्टुरेन्टको स्थिती नाजुक हुँदै गएपछि रेष्टुरेन्ट नै बन्द भयो । अनी कतारमा अलपत्र बन्न पुगेको उनी बताउछन । उनले आफुले काम गरेको तलव पाउनु पर्ने भन्दै कतारको अदालतमा मुद्धा हालेका छन । उनी यतिबेला कतार स्थित नेपाली दुतावासको शरणमा आईपुगेका छन । विनाशकारी भुकम्पले प्रवासमा रहेका उनलाई ठूलै चोट दियो । यो पिडामा उनी न त सजिलै घर फर्कन सकेका छन न त काम नै छ । नेपालले पुनः बैशाख २९ गते त्यस्तै अर्को ठुलो भुकम्पको सामना गर्नुपर्यो । भक्तपुरमा ठुलो क्षती भएको खबरले हरी बहादुर बुढाको मनमा हलचल मच्चाईदियो । उनले घरमा श्रीमतीलाई फोन गरेर काठमाडौ पठाउने निधो गरे । दोश्रो ठुलो भुकम्प गएको ४/५ दिन पछि उनकी श्रीमती झुम्की छोरा र देवरका परिवारको अवस्था बुझ्न काठमाडौ पुगिन् । उनले कतारमा रहेका श्रीमानलाई सम्पर्क गरी आफ्नो छोरो सहित भाडामा बसेका उनका देवरका परिवार सबै भाडामा बसिरहेको घर भत्केर पुरिएको बताएपछी अरु कुरा गर्न नपाई सम्पर्क विच्छेद भयो । त्यसपछी आज सम्म पनि उनको श्रीमतीसँग टेलिफोन सम्पर्क हुन सकेको छैन । आफ्ना ५ जना परिवारका सदस्य गुमाउनु परेको पिडा सुन्न नसकी श्रीमती बेहोस बनेको खबर पाएपछि कतारमा हरीलाई खपिनसक्नु भएको छ । कुन अस्पतालमा उपचार गरिरहेकी छन्, उनको अवस्था कस्तो छ बुझ्न समेत पाएका छैनन् । उनले भाईलाई पहिलो भुकम्प आएपछी नै जुम्ला जान अनुरोध गरेका थिए । तर दैनिक काम गरेर गुजारा गरिरहेका भाई पैसा नभएर जुम्ला जान नसकेको अघिल्ला दिनहरुमा भनेको कुरा सम्झन्छन् । कतार आएको ऋण समेत तिर्न नसकेका हरिबहादुरले भाईलाई जुम्ला जाने भाडासम्म पठाउन नसकेकोमा धेरै पछुतो भएको छ । आफै अलपत्र परिएको छ कहाँबाट पैसा पठाउँ उनी गहभरी आशु पार्दै भन्छन् म प्रवासमा अलपत्र परेको छु नेपालमा परिवारको कुनै खबर छैन् । नेपाली दुतावासले आईतवारसम्ममा कुराको निधो दिन्छु भनेकाले उनी केहि आशावादी छन् । नेपाल फर्कन सके परिवारको खोजी हुन्थ्यो । छोरो त गुमाईसकें कतै श्रीमती पनि उपचार नपाएर गुमाउनु पर्ने त हैन भन्ने चिन्ताले उनलाई सताईरहेको छ । यता काठमाडौ आएकी श्रीमतीको अत्तोपत्तौ छै उताँ जुम्लामा १३ र १६ बर्षिय दुई छोरीहरु कसरी बसेका होला भन्ने पिरले सताईरहेको छ कतारमा हरिबहादुरलाई । एनआरएन कतारद्धारा ३५ हजार सहयोग दुतावासको शरणमा रहेका हरि बहादुर बुढालाई गैर आवासिय नेपाली संघ कतारले राहत स्वरुप कतारी रियाल १ हजार २ सय ५० (३५ हजार रुपैया) सहयोग गरेको छ । न्यायका लागि अदालत पुगेका उनलाई केही राहत मिलोस भन्ने उद्धेश्यले सहयोग गरेको एनआरएनए कतारले जानकारी दिएको छ । एनआरएनए कतारका केन्द्रिय सदस्य तथा श्रमिक कल्याण तथा सुरक्षित आप्रवासन समिती संयोजक चिन्तामणी पौडेलको पहलमा उनलाई सहयोग गरिएको हो । पिडित हरिबहादुर दुतावासमा आश्रय लिएर बसेका छन । एनआरएनएको सदस्यता आवेदन फारम संकलनका लागि दुतावासमा खटिएका पदाधिकारीहरु बिनोद भट्टराई, दोर्ण बस्नेत, नन्द गर्वुजा, मुक्तार आलम, प्रेम सिटौला लगायतको रोहवरमा सहयोग गरिएको हो । घनश्याम पराजुली (कृष्ण), दोहा यो पनि पढ्नुहोस् ‘अव त पैसा पनि जम्मा हुँदै गएको छ’ (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: