आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन

जनकपुर- धनुषामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन भएको छ । बैदेशिक रोजगारीको क्रममा स्वदेश तथा विदेशमा भोगेका समस्याहरुको न्युनिकरण र समाधानका लागि पहलप्रयत्न गर्ने आवश्यकता महशुश गरि केन्द्र गठन गरिएको हो । केन्द्रको अध्यक्षमा आमोदकुमार यादव रहेका छन् । यसैगरी उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विकासकुमार यादव, विवेक यादव, ओमप्रकाश पासवान तथा कौशल्या कुशवाह रहेका छन् । केन्द्रका सदस्यहरुमा अनिता यादव, नितु यादव, पुनम यादव, दिपेश यादव, राज कुमार आलेमगर, मनोज कुमार महतो रहेका छन् । यसैबीच धनुषामा आप्रवासी कामदार तथा उनीहरुका परिवारका सदस्यलाई सुरक्षित आप्रवासन सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण सामी हेल्भेटास नेपालको सहयोगमा मित्र धनुषा र प्याक नेपालले संयुक्त रुपमा आयोजना गरेका हुन् । सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत विजय ठाकुरले सहजीकरण गरेको अभिमुखिकरणमा धनुषा जिल्लाका दुई दर्जनभन्दा बढी गाविस तथा नगरपालिकामा बस्ने बैदेशिक रोजगार पश्चात स्वदेश फर्केका आप्रवासी कामदारहरुको सहभागिता थियो । Dhanusha Program 2 कार्यक्रममा सामी हेल्भेटास नेपालका जिल्ला परियाजना संयोजक देव नारायण मण्डलले सामी परियोजनाले गरिरहेको कामका बारेमा जानकारी गराएका थिए । यसैगरी मित्र धनुषाका परियोजना संयोजक राम कुमार कर्णले सुचना तथा परामर्श केन्द्रले गरेको कामहरुको वारेमा जानकारी गराएका थिए । प्याक नेपालका परियोजना संयोजक रामप्रमेश मण्डलले विद्यालय तथा आम सञ्चारको कार्यक्रम अन्तरगत आयोजना भएका कार्यक्रमको वारेमा जानकारी गराएका थिए । यो पनि पढ्नुहोस् बैदेशिक रोजगारका पीडितलाई १० लाख देउ ३५ लाखको छातीमा टेकेर किन ७ सय ५० को पक्षमा ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय