कोरियामा नेपाली कामदारलाई विदा सुविधा

सउल- साना तथा मझौला कम्पनीहरुमा कार्यरत नेपाली कामदारहरुलाइ बिदाको लागि कोरियाको श्रम बिभागले कम्पनिहरुलाई पत्राचार गरेको छ । दुतावासको आग्रह पश्चात विदेश मन्त्रालयले उद्योग मन्त्रालयलाई परिपत्र गरेको थियो । श्रम बिभागले मंगलबार देखि कम्पनिहरुलाई पत्र पठाउन सुरु गरेको हो । श्रम बिभागद्वारा प्रेषित पत्रमा नेपालमा ठुलो भूकम्प गएकोले परिवारमा मृतक भए अन्त्यष्टि, घाइते परिवारमा भए उपचार र हराएको भए खोजबिनका लागि बिदा मिलाईदिन उल्लेख गरिएको छ । कम्पनिहरुलार्इ प्राप्त पत्रमा नेपालमा गएको बिनाशकारी भूकम्पमा सक्दो सहकार्य गर्न भनिएको छ । २८ हजारको संग्ख्यामा रहेका नेपाली कामदारहरुमा भूकम्पबाट बढि प्रभावित जिल्लाहरु बाट उल्लेख्य रहेका छन् । कामका लागि कोरिया रहेका गोरखा घ्याल्चोकका प्रज्ञान कार्कीले भने नेपालीको पिडामा यहाँको सरकारको सहानुभूतिले ठुलो सहयोग भएको बताए । कम्पनी मालिकले बिदा दिएको तर आफ्नो व्यक्तिगत कारणले नेपाल फर्कन नसकेको उनले बताए । बिदाको लागि दुतावासले सघाउने सुचित गरिए पनि व्यक्तिगत प्रयासमा केहि कामदार परिवार भेट्न नेपाल पुगेका छन् । नेपाल पुगेकाहरु राहत तथा उद्दारमा कार्यमा खटेका छन । हेल्लो नेपालकोरिया डटकमबाट यो पनि पढ्नुहोस् ३५ लाखको छातीमा टेकेर किन ७ सय ५० को पक्षमा ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय