लेख्नु कि नलेख्नु ?

चर्चित- कुरा गर्न बिषय चाहिन्छ । बिषय यति छन् कि लेखेर साध्य नै छैन । देखेर दिक्क भएका कुरालाई लेखेर पाठकलाई वाक्क लगाउनु पनि त भएन ।

‘नयाँ लेख्नु पर्छ’ भन्ने पाठकको स्वादको पनि ख्याल गर्नैपर्यो ।

अचेल त हामीजस्ता सिले (सिकारु लेखक) भन्दा पाठकको अध्ययन, बुझाइ र विश्लेषण गर्ने क्षमता धेरै हुन्छ ।

यसउसले पनि लेख्न गाह्रो छ । लेखिसकेपछि पाठकको मन जित्न झन् गाह्रो । मन जित्यो भने पनि त्यो थाहा पाउन झनै गाह्रो छ ।

यिनै गाह्रा कर्महरुलाई धर्म मानेर कलम दौडाउनु नै हरेक सिले वा ले (लेखक) को उद्धेश्य हुनुपर्छ जस्तो लाग्छ मलाई ।

आजको आलेख अनेकानेक बिषयले सिले वा लेलाई पार्ने प्रभावहरुको द्धन्दात्मक कथा र पात्रहरुको संगालो हुनेछ । आउनुस्, सुरु गरम् ।

पहिलो पात्र यो पात्र युएइमा कर्म गर्छ । उसले अनवरत कलम कुदाएको छ । कलम कुदाइको सिग्नलतोड गतिमा उसले असत्यको पर्दा च्यातिदिन्छ र पाठकलाई सत्यको घाम देखाइदिन्छ । जसै रक्तपिपासुको कालो आङमा पारिलो घाम लाग्छ, ऊ हठात् ब्युझिन्छ र हत्केलाले घाम छेक्ने असफल यत्न गर्छ ।

न्वारनदेखिको दवित वल प्रयोग गरेर सत्य देखाइदिएको पहिलो पात्रलाई सो रक्तपिपासु फुटेको आँखाले देख्न नसकेर त्यहाँको सरकारी निकायमा उजुरी हाल्दिन्छ । अनि त के थियो ? सिआइडीले सम्पर्क गर्न भन्छ । पहिलो पात्र अन्य दुई पात्रलाई लिएर अदालतको चक्कर काट्दै दिन बिताइरहेको छ ।

जुन माध्यमबाट पहिलो पात्रले सत्य देखाइदियो, त्यो माध्यम एकै वाक्य बोल्दैन । बोल्ने पैरवी लिएर उभिएको त्यो हर्ताकर्ता मान्छे सासजाला बोल्दैन । मानौं राज्यले उसको बोल्ने हक खोसेर उसलाई मुखबन्दमा राखेको छ । ऊ फगत हेरिरहन्छ । मात्र हेरिरहन्छ । मानौं उसको कर्म नै हेर्नु हो । मानौ“ हेरेर बसेकैमा उसले रासनपानी पचाउँछ । मानौं ऊ मूर्ती हो । सिर्फ मूर्ती । मूर्ती बोल्दैन, यो सत्य हो ।

म भन्छु लेख्नुपर्छ, पहिलो पात्र भन्छ लेख्नुहुन्न, केश लम्बिन्छ । अख्तियारी पाएको त्यो अमुक मानुवा लेख्दैन । यसबारे लेख्नु कि नलेख्नु ?

दोस्रो पात्र यो पात्र केही महिनाअघि कतार एयरवेज चढेर कतारै गयो । वर्क–बिजनेश भिषा लागेर कतार हानिएको उसले नेपालको उडानद्धारको मुखमै अनगिन्ती ठक्कर खायो । अलिखित सास्ती पायो । फोनै मात्र ग¥यो उसले कान दुखुन्जेल । उसको स्वरमा अल्झिएको एकसुइरो बोलीले मलाई अहिले पनि अध्यागमन अधिकारीको ब्यावहारप्रति खेद ब्यक्त गर्न उक्साउँछ ।

कतारले सुरु गरेको वर्क–विजनेश भिषाबारे बोडिङ्गपासे कर्मचारी, श्रमछापे अधिकारी र अध्यागमने हाकिम सवै अनभिज्ञ थिएछन् । अनि तिनैलाई तलव ख्वाउन परिवार छोडेर विदेशिन लागेको श्रमिकलाई देशकै ढोकामा रोक्न अनेक यत्न गरेछन् ।

बोडिङ्गपासे कर्मचारी आफुलाई यसप्रकारको भिषा भएको जानकारी नै नभएको भनेर अनेक घम्साघम्सी खाएर अघिल्लो लाइनमा आइपुगेको दोस्रो पात्रलाई लाइनबाट हटाउँदो छ । लाइन सकिएपछि दोस्रो पात्रलाई त्यही“ छोडेर कागजपत्र बोकेर हराउँदो छ । करिब २० मिनेट हराएपछि विना निश्कर्ष फर्किन्छ र श्रममा सोध्न पठाउँछ ।

श्रमछापे अधिकारी यसप्रकारको भिषालाई श्रम चाहिने नचाहिने आफुलाई थाहै नभएको बताउछ । कहिले चाहिन्छ भन्छ । कहिले चाहिंदैन भन्छ । उही भ्रमित छ । करिब १५ मिनेट निश्कर्षविहिन बसेपछि चाहिंदैन भन्दिन्छ ।

श्रमछापेले चाहिंदैन भनेकाले दोस्रो पात्र फेरि बोडिङ्गपासे कर्मचारीसामु आफ्नो मर्म सुनाउन पुग्छ । ऊ पत्यारै मान्दैन र फेरि सोध्न पठाउँछ । दोस्रो पात्र फेरि सोध्न जान्छ र उही नचाहिने कुरो लिएर फर्किन्छ । बल्लबल्ल बोडिङ्गपासेले पास दिन्छ र छिराइदिन्छ लगेज । अनुमति दिन्छ माथि जाने ।

अभ्यागमनेका सामु पुगेपछि दोस्रो पात्रले थप सकस पाउँछ । बिचरा अध्यागमने कर्मचारीलाई भिषा प्रकार नै थाहा छैन रे । ऊ थाहा पाएको जस्तो पनि गर्छ र यस्तो भिषा नै नभएको जिकिर पनि गर्छ । कहिले थाहै नपाएको जस्तो गर्छ र अर्का कर्मचारीलाई सोध्दो छ । उसलाई यसप्रकारको भिषामा श्रम गर्नुपर्ने पनि थाहा छैन र गर्नु नपर्ने पनि थाहा छैन झैं गर्छ । दोस्रो पात्रले दिएका कागज बोक्छ र रल्लिन्छ एउटा कोठादेखि अर्को कोठा । सोध्छ एउटा कर्मचारीदेखि अर्को कर्मचारीलाई । अर्थात् समग्रमा त्यो अध्यागमने कर्मचारी दोस्रो पात्रबाट मालपानी धुत्न चाहन्छ ।

अन्त्यमा केही सीप नलागेर जाने अनुमति दिन्छ । जसै अनुमति दिन्छ, ४ः१० को प्लेन दोस्रो पात्रलाई नबोकी भुरुर्र उड्छ । अध्यागमने कर्मचारी लाचार मुद्रामा दोस्रो पात्रलाई ८ बजेपछिको प्लेनमा उड्ने बन्दोबस्त मिलाउन थाल्छ । यसबारे लेख्नु कि नलेख्नु ?

तेस्रो पात्र यहाँ दुई पात्र छन् । क पात्र र ख पात्र । क पात्र विदेशमा एउटा क्षेत्रको सिरक ओडर (खोल मात्रै भन्दा थोरै हुन्छ रे) अर्कै क्षेत्रको जाडो भगाउँछन् । अर्को, विदेशतिरकै तर ख पात्र । जो आफुलाई त्यो सिरक ओडुवा क पात्रले आर्थिक लेनदेनमा अन्याय गरेको आरोप लगाउँछिन् ।

क पात्र आफुले अनलाइन चलाएको र कथा संग्रह लेखिदिएको पारिश्रमिक वापत रकम पाएको जिकिर गर्छन् ।

ख पात्र क पात्रले परिवार पाल्न रोइकराइ गरेकाले फिर्ता गर्ने सर्तमा रकम दिएको जिकिर गर्छिन् । ख पात्र मनी ट्रन्सफर गरेका कागज बोकेर न्याय खोज्दै हिंड्दैछिन् । क पात्र ति कागज जाली हुन् भन्छन् ।

क पात्र यो समस्याको समाधान खबरमा आउनु होइन भन्छन् । ख पात्र नैतिकताको सिरक ओडेर आत्मा बेच्ने जो कोही पात्रको पनि छुपारुस्तम छवि बाहिर ल्याउनुपर्छ भन्छिन् ।

ख पात्र किन लेखिनस् ? भन्ने र क पात्र किन लेख्न लागिस् ? भन्ने । बीचमा छु म, दुवैको कुरो सुनिराछु । यो कुरो लेख्नु कि नलेख्नु ?

अव पनि उनीहरु यसबारे बोलेनन् र लेखेनन् वा आफैंभित्र समस्याको हल खोजेनन् भने पक्का म लेख्छु ।

म र अन्य पात्र मलाई केही पात्र फोन गर्छन् र गज्जब छ थर्ड अम्पायर भन्छन् । केही पात्र मेरो लेखाईको गहिरो बिरोध गर्छन् र लेखनमा कुनै दम नभएको भन्छन् । केही पात्र मलाई फलानाले मुद्धा हाल्छ नेपाल आएर भन्छन् । केही पात्र मेरो कामै नकारात्मक कुरा खोजेर हिंड्ने हो भन्छन् ।

केही पात्र एनआरएनको विषयमा मैले जे लेखें त्यसको सयौं गुणा एनआरएनमा अलिखित कर्म हुने बताउँछन् । अनि कतिपय चाहिं मेरो लेखनले एनआरएनका राम्रा कुरा ओझेलमा पारिदिएको र केहि बदमासी गर्नेहरुको कर्तुत लेख्दा समग्र एनआरएनकर्मीको मुखमा कालो पोतिएको ठान्छन् ।

जसले जे जे भने पनि ति सवै मेरा लेखहरुले उत्पन्न गरेका पाठक प्रतिक्रिया हुन् । मेरा लेख मेरा सन्तान हुन् । मेरा आलोचना वा प्रशंसा दुवै मेरै सन्तान हुन् । प्रशंसा र आलोचनाबाट म उत्तिकै खुसी वा दुःखी हुन्छु । अर्थात् म आलोचना र प्रशंसा दुवैलाई समानरुपमा स्वीकार गर्छु ।

प्रिय पाठक, मैले माथि उल्लेख गरेका पात्रहरुका बारेमा खुलेर लेख्नु की नलेख्नु ? अनी तपाई नै भन्नुस्, नेपालीका नाममा नेपालीलाई नै ठग्नेहरुका कुरा चाहिं मैले लेख्नु की नलेख्नु ?

तपाईको भनाई लेख्नुहोस् 

र, यो पनि तपाईलाई चाखलाग्दो हुनसक्छ 

जो कतारमा जिरोबाट हिरो बने

२० हजार ऋणबाट थालेको व्यवसायबाट ८ करोडको मालिक

मलेसियामा संस्था बनाउ, रकम कुम्ल्याउ

दाजु सहिद – भाउजु परदेशी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: