राजेश हमाल दोहामा, कलाकारको ठूलो टोली कार्यक्रमका लागि पुग्दै

दिपक पुडासैनी, दोहा । नेपाली चलचित्र क्षेत्रमा बिगत अढाई दशक देखि कृयाशिल र लामो समयसम्म एकछत्र रुपमा नायकको भूमिकामा रहेका नायक राजेश हमाल कतार आइपुगेका छन ।

आगामी १७ अप्रिल शुक्रबार सनैयाको ग्रयाण्ड मल नजिक रहेको वेस्टइन्ड पार्कमा आयोजना हुन गइरहेको नेपाली नया बर्ष धमाकामा आफ्नो प्रस्तुती पस्कन हमाल कतार आएका हुन । यो उनको चौथो कतार भ्रमण हो । यस अघि उनी मल अफ एसियाको उद्घाटनका लागि गत बर्ष अक्टोबरमा दोहा आएका थिए ।

यस पटकको कार्यक्रम बिशेष र ऐतिहांसिक हुनेछ साथै मेरो प्रस्तुतीको पनि मेरा दर्शकले बेग्लै मजा लिन पाउनु हुनेछ बिमान स्थलमा हमालले छोटो प्रतिक्रियामा दिदै भने ।

बक्स अफ ईभेन्ट कम्पनीले प्रस्तुत गर्न लागेको नेपाली नयां बर्ष धमाकालाई कार्यक्रमलाई अल जमान एक्सचेन्ज र भिजन गुप्रले आयोजना गरेका हुन । शुक्रबारका दिन दिउसो ४.३० बजेबाट शुरु हुने कार्यक्रमका लागि २ बजेबाट नै प्रवेश खुल्ला गरिने आयोजकले जानकारी दिए ।

अप्रिल १५ तारिक ३ बजे उक्त कार्यक्रमका लागि नेपालबाट एक दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरु कतार आउदै छन । कार्यक्रमका लागि चर्चित गायक राजेश पायल राई, नायिकाहरु प्रियङ्का कार्की र सुष्मा कार्की, गायिकाहरु ईन्दिरा जोशी र सिमा संग्रौला, हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा), मिस नेपाल तथा नायिका माल्भिका सुब्बा, भोजपुरी र मैथिली नृत्यकार डोली सरकार र गायिका सुनिता शाह, भोजपुरी मैथिली र हिन्दी गायक आभाष लाभ, लोकदोहोरी गायक मिलन लामा र गायिका चन्दा अर्याल, नृत्य निर्देशक मोडल तथा नृत्यकार शंकर बिसी, नृत्यकार रश्मी तामाङ्ग साथै कार्यक्रम संयोजक नविन लामा कतार आउदै छन ।

यो पनि पढ्नुहोस् 

अव कस्तो लेखौं ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय