धुर्मुस र सुन्तलीले उठाए १३ लाख

वासिंगटन डिसी- पशुपतिको यात्रा सिद्राको ब्यापार झैँ भएको छ चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई अमेरिकामा अप्रिल २ तारिख अमेरिकाको भ्रमणमा २०७२ नया बर्ष धमाका भाग १ लिएर सवा दुई महिनाको कार्यक्रममा अमेरिका आई पुगेका यी जोडीले कार्यक्रम प्रदर्शनसंगै देश सफा गर्ने अभियानलाई पनि सशक्त रुपमा व्यापक प्रचार प्रसार गर्न सफल भएका छन् ।

उनीहरुको देश सरसफाई अभियानले नेपाली समुदायमा राम्रो प्रभाव पार्न थालेको छ । अप्रिल ४ देखि अप्रिल १२ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा गरेको २०७२ नया बर्ष धमाका कार्यक्रम संगै नेपाली समुदायबाट सफाई अभियानलाई राम्रो आर्थिक सहयोग प्राप्त भई रहेको सिताराम कट्टेल बताउँछन ।

भर्जिनिया, बोस्टन तथा टेक्सास राज्यका बिभिन्न शहरहरु गरी ५ स्थानमा गरिएको कार्यक्रममा देश बनाउने उदेश्यका लागि भनि नेपाली समुदायले स्वत स्फूर्त रुपमा व्यापक आर्थिक सहयोग गर्दै अहिलेसम्म करिब १३ लाख प्राप्त भएको जानकारी उनले दिए । धुर्मुस’ र ‘सुन्तली’ ले कार्यक्रमको अतिरिक्त सर सफाई अभियानलाई व्यापक सचेतना गरि रहेका छन् भने देश सर सफाई अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले पनि उत्तिकै अभिरुचि देखाई आर्थिक सहयोग गरेका छन् । नेपालको सर सफाईमा हामी प्रत्यक्ष्य रुपमा संलग्न हुने भएकोले त्यो पैसाको दुरूपयोग हुने छैन भन्ने विश्वास अमेरिकामा रहेका नेपाली समुदायलाई भएकोले छोटो अवधिमा पनि यति रकम उठाउन सकेकोमा हर्ष लागेको सिताराम कट्टेल धुर्मुस बताउदछन ।

धुर्मुस अगाडी भन्छन हामी जुनको दोश्रो हप्तासम्म अमेरिकामा हुनेछौ । नेपाली समुदायले धेरै सहयोग गर्ने छन् भन्ने विश्वास राखेका छौ । हामी सबै नेपाली समुदायसँग देश सफाई गर्ने अभियानको चर्चा परिचर्चा चलाउने छौ । नेपाली समुदायले हाम्रो यो अभियानलाई होस्टेमा हैसे गर्नु हुन्छ भन्ने हामीलाई विश्वास लागेको छ, सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ एक साथ बताउदछन ।

अमेरिकामा आर्थिक सहयोग गर्ने बुद्धिजीवि, ब्यवसायी, उद्योगपति, बिद्यार्थी तथा विभिन्न पेशामा संलग्न हुने सबै वर्गलाई नेपाल सरकारको सरसफाई अभियानको सद्भावदुतको हैसियतले धन्यवाद दिन चाहन्छौ सितारामले भने । अमेरिका पछि अस्ट्रेलिया पनि जाने योजना रहेको धुर्मुसले बताए भने अन्य देशमा पनि यो अभियानलाई सशक्त रुपमा अगाडी बढाउने प्रतिवछद्धता उनले जनाए ।

नेपाल सरकारले सरसफाई अभियानको सद्भाव दुत बनाई आफूहरुलाई उच्च सम्मान दिएको पनि सितारामले बताए । हामीले पनि उक्त जिम्मेबारीलाई शिरोधार्य गर्दै हामी पनि अग्रगामी दिशामा बढी रहेका छौ भन्दै छोटो समयमा हामीले केही काम पनि गरेर देखाउने मौका पाएका छौ, धुर्मुस भन्छन ।

२०७२ नयाँ बर्ष धमाका भाग १ का कार्यक्रम लिएर अमेरिका आएका ५ जना कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तली’ सहित लोक गायक पशुपति शर्मा, आधुनिक गायक प्रमोद खरेल, लोक गायिका संगिता थापा मगर तथा वर्ल्ड बिजनेस म्यानाजमेन्ट एण्ड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा २०७२ नयाँ बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मी समेतले सरसफाई अभियानलाई सहयोग गरि रहेका छन् ।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई नेपाल सरकारले उपसचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो ।

यो पनि पढ्नुहोस् 

दुई बर्षमा झण्डै ४० लाख स्वदेशमै कमाई(भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: