दुई बर्षमा झण्डै ४० लाख स्वदेशमै कमाई(भिडियो सहित)

पुस्तैनी बसोवास बाग्लुुङको सीमागाउँ थियो । त्यहाँ जग्गा धेरै थिएन । बर्षभरी खान पुग्ने उव्जनी हुन्नथ्यो । त्यसैले सापकोटा परिवार अलिक सुविस्ताको जीवन खोज्दै तराई झर्यो । बाग्लुङबाट कैलाली झर्दा सम्पत्तीका नाममा केहि भैंसी थिए । तिनै भैसी डोर्याउँदै कैलाली पुगेको त्यो परिवारको गृहस्थ सुरु भयो कैलालीको शिवपुरमा । त्यहि गाउँमा एकजना श्रेष्ठ थिए अलिक जग्गा जमिन भएका । उनैको जगा अधियाँमा कमाउन थाल्यो त्यो परिवार । त्यसैको आयस्ताबाट केहि बर्षपछि डेढ विगाहा जग्गा पनि जोडे उनीहरुले कैलालीकै मसुरियामा । अनी फेरी बसाई सरेर सापकोटा परिवार पुग्यो मसुरिया । Hemraj 5 तर बर्मा गए कर्मसँगै, नेपाल आए कपालसँगै भनेजस्तै । सापकोटा परिवारका दुःखका दिन अझै सकिएनन् । अझ त्यसमा दुःख थपियो । कमाउन भारत पसेका घरको जेठो छोराको उतै मृत्यु भयो । त्यसपछि घरमा कमाउने जिम्मा आइपर्यो । माइलो छोरा हेमराज सापकोटाको काँधमा । उनलाई छटपटी हुनथाल्यो । जानेको सीप केहि थिएन, साथमा पुँजी थिएन । तर ढुँगा खोज्दा देउता मिलेजस्तै भयो उनलाई । आफ्नै ठाउँमा आर्क वेल्डिङको तालिम खुलेको कुरा हेमराजले नातामा मामा पर्ने आफन्त मनोज हमाल मार्फत थाहा पाए । “भाञ्जा तालिम खुलेको छ, त्यसमा फर्म भर्नुपर्छ है भन्नुभयो मामाले । मलाई केहि थाहा थिएन कस्तो तालिम हो र कसरी गर्ने भनेर । तर मामाले सवै कुरा बुझाएर फर्म भराइदिएपछि म अन्तर्वार्तामा छानिएँ पनि र तालिममा सहभागि भएँ” पहलमानपुरमा रहेको गंगा मेटल वर्कसपको अफिसमा बसेर आर्थिक सम्पन्नताको कडी खोल्दै गए २६ बर्षे हेमराज सापकोटा । Hemraj 2 तर तालिम उनले सोचेजति सजिलो चाहिं थिएन । हेमराज भन्छन् “रातभरी सियोले कोपे(खोपे) जस्तै हुन्थ्यो । दुखेर सुत्न पनि सकिन्नथ्यो । बेकार यस्तो तालिममा आएँछु भनेजस्तै लाग्थ्यो । मेरो जिन्दगी वर्वाद हुने हो की भन्ने डर लागिरहन्थ्यो । सरहरुले नआत्तिनु विस्तारै बानी पर्छ, केहि हुन्न भन्नुभयो । नभन्दै केहि दिन पछि त्यस्तो हुन छोड्यो पनि ।” आर्क वेल्डिंगको तालिममा सहभागि भएपछि भनें हेमराजले अहिलेसम्म पछाडी फर्केर हेर्नु परेको छैन । “मेरा लागि त त्यो तालिम बरदान नै सावित भयो” हेमराज भन्छन् “यदि मैले त्यो तालिम नलिएको भए खै मेरो जीवन के हुन्थ्यो, सायद खाडीतिर जान्थें होला ।”Hemraj 3   तालिम सकिएपछि फेरी आफन्तले नै उनलाई व्यवसाय सुरु गर्न हौस्याए । आफ्नो साथमा लगानी गर्ने रकम थिएन । ऋण लिएर उनले साढे तीन लाख जोरजम्मा पारे । त्यसपछि कैलालीकै पहलमानपुरमा सुरु भयो गंगा मेटल उद्योग । आर्क वेल्डिंग सम्वन्धि काम गर्ने अन्य उद्योग नदेखेर व्यापार फैलाउन सजिलो हुने देखेर काम त थाले उनले तर चिनेका मान्छे कोहि थिएनन् पहलमानपुरमा । अर्कातिर व्यापारीले उधारोमा सामान नदिने समस्या छँदैथियो । दिनेले पनि धेरै दाम लगाउँथे । एउटा २४ बर्षको युवालाई तिरिखिरी बनायो व्यापारले । तर पनि हार भनें खाएनन् उनले । “जहाँ नयाँ घर बनाएको देख्थें, त्यहिं पुग्थें । सकेसम्म मिठो बोलेर आफ्ना कुरामा सहमत गराउन र काम हात पार्न प्रयत्न गर्थे” मुसुमुसु हाँस्दै हेमराजले व्यापार सुरु गर्दाताकाका कुरा भन्दै गए । व्यापार चम्किन कुनै समय लागेन ।Hemraj 6 एकातिर पहलमानपुरमा गृल सम्वन्धि काम गर्ने अरु उद्योग थिएनन्, अर्कातिर बाहिरका जिल्लाबाट पनि उनले काम पाउन थाले । यसले दुई बर्ष भित्रमै हेमराजको ठूलो आर्थिक प्रगति भएको छ । उनले दुई बर्ष भित्रै आफैंले यहि व्यवसायबाट कमाएर पहलमानपुरमा जग्गा किने १२ लाख ७५ हजारमा । एकतल्ले घर बनाएका छन् झण्डै त्यति नै खर्च गरेर । अहिले आफ्नै घरमा उनले मेटल उद्योग चलाएका छन् भनें अन्य चारजनालाई रोजगारी समेत दिएका छन् । ‘एउटा अनिश्चित भविष्य बोकेको अल्लारे युवा यो अवस्थामा आइपुग्नुमा त्यहि तालिमले काम गरेको हो । हिजो मसँग न १० रुपैंयाँ थियो न कसैले सय रुपैंयाँ पत्याउँथे । तर अहिले मैले माग्दा एक लाख रुपैंया जसले पनि सजिलै दिन्छ’ हेमराज भन्छन् ।Hemraj 1 उनी नेपालमा रोजगारीको खाँचो भन्दा पनि भएको रोजगारी गर्न मान्छे लजाउने गरेका कारण विदेश जानु परेको धारणा राख्छन् । हेमराज भन्छन् “गरें यहिं हुँदो रैछ, अरुलाई किन भन्नु र, मलाई नै हेरे पनि त्यो कुरा जसले पनि बुझ्न सक्छ ।” सुनिल न्यौपाने, कैलाली (हेमराज सापकोटा रोजगार कोषअन्तर्गत सन् २०१२ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था ट्रेस नेपालले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) यो पनि पढ्नुहोस् पूर्व लडाकुबाट टेलर्स सञ्चालकः फेरिएको परिचय  भिडियो हेर्नुहोस्  https://youtu.be/rnQ6EKjC4JA  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय