नेपालीलाई मारेको अभियोगमा एक नेपाली पक्राउ

रियाद– साउदी अरवमा एक नेपाली अर्का नेपालीलाई मारेको अभियोगमा पक्राउ परेका छन् । रियाद प्रहरीका अनुसार ति पक्राउ पर्ने व्यक्ति २५ बर्षका छन् । पक्राउ परेका नेपाली को हुन् भन्ने प्रहरीले खुलाएको छैन ।

प्रहरीको दावी अनुसार ति नेपालीले अर्का एक नेपालीलार्ई मारेर मरभूमिमा गाडेका थिए । मारिने व्यक्ति निर्माण सम्वन्धि काम गर्ने भएको समाचारमा जनाइएको छ ।

अरव न्यूजका अनुसार प्रहरीले घटनाका बारेमा एक यमनी नागरिकबाट सुचना पाएको थियो । ति यमनी नागरिकले शव देखेपछि बथामा प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा अपराधीलाई फेला पारेपछि उनले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । रियाद स्थीत नेपाली दुुतावासले भनें यसबारेमा आफूलार्ई कुनै जानकारी नभएको बताएको छ ।

यो पनि पढ्नुहोस्

दाजु सहिद – भाउजु परदेशी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय