
मलेसिया—स्याङ्जाको कृष्णगण्डकी गाविस १ का टोपबहादुर थापा मलेसियामा मृत अवस्थामा भटिएका छन्। यहाँको ओबा इलेक्ट्रोनिक कम्पनीमा कार्यरत थापा उनकै ओछ्यानमा मृत भेटिएको उनीसँगै काम गर्ने हरि कुमालले जानकारी दिएको खवर नागरिक न्यूजले लेखेको छ ।
हिजो बेलुकी खाना खाएर सुतेका थापा आज बिहान नउठे पछि उठाउन जाँदा मृत भेटिएको कुमालले बताए। मृतक थापाको शव अहिले पोष्मार्टमका लागि सेरदाङ हस्पिटलमा लगिएको छ।
उनको मृत्युका बारेमा नेपाली दुतावासलाई खबर गरिएको र पोष्टमार्टम रिपोर्ट आएपछि शव नेपाल पठाइने ओबा कम्पनीले जनाएको छ।
मलेसियामा धेरै नेपालीको मृत्यु सुतेकै अवस्थामा हुने गरेको छ।
यसैगरी अन्नपूर्ण पोष्टका अनुसार मलेसियामा एक नेपालीको हत्या भएको छ। सेर्डाङ राज्यमा नेपालीको शव स्थानीय प्रहरीले बेवारिसे अवस्थामा भेटेपछि नेपाली दुतावासलाई खबर गरेको थियो।
मृतकको साथमा परिचय खुल्ने कागजात केही नभेटिएको र त्यहाँ रहेका अरु नेपालीले मृतक नेपाली नै भएको बताएपछि नेपाली दुतावासलाई जानकारी गराएको वालाई प्रहरी चौकीले जनाएको छ।
मृतकको निधार र टाउकोमा गहिरो चोट लागेको छ। उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।
यसैबीच, नेपाली दुतावासले बिहीबार बिज्ञप्ति जारी गर्दै मृतकको पहिचान भए तत्काल शव नेपाल पठाउने जनाएको छ।
दुतावासले तस्वीरको पहिचान गरी मृतकको नेपालको ठेगाना पत्ता लगाउन सहयोग गरिदिन सबैलाई आग्रह समेत गरेको छ। दुतावासका द्वितीय सचिव उत्तम शाहीले मृतकको पहिचान हुनासाथ उनको शव नेपाल पठाइने जानकारी दिए। मलेसियामा धेरै नेपालीले लुटेराको आक्रमणबाट ज्यान गुमाइ सकेका छन्। अहिले मृत भेटिएका पनि लुटेराकै आक्रमण परी मृत्यु भएको अनुमान नेपाली दुतावासका अधिकारीहरूले गरेका छन् ।
यो पनि पढ्नुहोस् दाजु सहिद – भाउजु परदेशी