लोकदोहोरी गायिका देबिका के.सी. क्यानडा जाँदै

घनश्याम पराजुली (कृष्ण), दोहा । नेपालमा अत्याधिक मन पराईने संगित लोकदोहोरी हो । युवा युवती देखि बुढापाकाले समेत लोकदोहोरी रुचाउँछन । नेपालमा मात्रै हैन विदेशमा समेत नेपाली समुदायले लोकदोहोरी अत्याधिक मन पराउछन । त्यसैले प्रवासमा धेरै लोक गायिक गायिकाका कार्यक्रमहरु हुने गरेका छन् । यसै क्षेत्रबाट चर्चा बटुल्न सफल लोकदोहोरी गायिका देबिका के.सी सांगितीक कार्यक्रमको लागि क्यानडा जादैछिन ।

क्यानडामा नयाँ बर्ष २०७२ सालको अवसर पारेर एनसिएन र एनजेवाईसीको आयोजनामा नयाँ बर्ष शुभकामना साँझ हुदैछ । उक्त कार्यक्रमका लागि गायिका के.सी क्यानडा जान लागेकी हुन । आगामी अप्रिल ११ तारिकबाट क्यानडाका विभिन्न शहरहरमा ५ वटा कार्यक्रम हुँदैछन् । उनले कार्यक्रममा सहभागी जान पाएको भन्दै खुसी प्रकट गरेकी छन । क्यानडामा २० बस्ने उनले बताईन ।

गायिका के.सीले एसएलसी उर्तिण गरेर काठमाडौ झरेपछी पढाईसँगै गायन क्षेत्रलाई समेत अँगालेकी हुन् । उनी १३ बर्ष देखि सांगीतकि क्षेत्रमा छिन् । उनका घर त नुवाकोट , गोल्डेनको सारीमा, रोधि धाउनाले, घर सिपा घाटैमा, चिठिमा फोटो पठाउ है, बनेपा सिन्धुली, मनका कुरा, आकाशका तारा गनेर, टलक्कै ऐना टल्कीया, बाजी ठोकम् आउ झिल्के, नेपाली नै हैन, हामी नेपाली हौ मलाई त्यती थाहा छ लगायत एक दर्जन भन्दा बढी एल्बमहरु बजारमा आईसकेका छन् ।

क्यानडाको कार्यक्रम सकिए लगत्तै नेपाल र्फकेर नयाँ एल्बम निकाल्ने उनको तयारी छ । एल्बमको काम सकेर गायिका केसी साँस्कृतिक कार्यक्रमका लागि अमेरिका जाँदैछिन । कार्यक्रमका लागि ५ बर्ष पहिले उनी त्यहाँ पुगेकी थिईन । कतारमा व्यवसाय समेत गर्दै आईरहेकी गायिका केसी सांगीतीक कार्यक्रमका लागि विभिन्न देश पुगिसकेकी छन ।

यो पनि पढ्नुहोस् दाजु सहिद – भाउजु परदेशी

अरबमा दुई पेग व्हिस्कीसँगै हामी ३ लाख गधाका समस्या भुसुक्कै!

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: