‘बलत्कारीलाई नपुंसक बनाइदेउ’

काठमाडौं, ११ चैत – व्यवस्थापिका संसदको महिला बालबालिका, जेष्ठ नागरिक, समाज कल्याण समितिले बलात्कारीलाई नपुंशक बनाउने गरी कानुन निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार भएको छलफलपछि समितिले बलात्कारीलाई मृत्युदण्डको सजायको सट्टा क्यास्ट्रासन केमिकल विधि प्रयोग गरेर नपुंशक बनाउने गरी कानुन बनाउन सरकारलाई निर्देशन दिएको हो । पछिल्लो समय बलात्कारका घटना बढिरहेको र बलात्कारीलाई कडा कानुनको माग भइरहेका बेला संसदीय समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समितिले बलात्कार र महिला हिंसाका घटना नियन्त्रणका लागि प्रभावकारी कार्ययोजना बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा गृहमन्त्री बामदेव गौतमले बलात्कार तथा महिला हिंसाका आपराधिक घटनामा प्रहरीले ९० प्रतिशत सफलता हात पारेको दावी गरेका छन् । संक्रमणकालमा यस्ता घटना पूर्ण नियन्त्रण गर्न चुनौतीपूर्ण हुने भएपनि प्रहरीले ९० प्रतिशत सफलता हात पारेको उनले दावी गरे ।

यस्ता घटना पहिले प्रहरी समक्षनै नआउने भन्दै गृहमन्त्री गौतमले हिजोआज प्रहरी समक्ष आइपुग्ने हुनाले बढेको जस्तो देखिएको बताए । जनसंख्याको अनुपातमा प्रहरीको संख्या कम भएको, प्रहरीको सेवा सुविधा र श्रोत साधन कमीका वावजुद पनि नेपाल प्रहरीले आपराधिक घटना नियन्त्रणमा अन्तर्राष्ट्रिय स्तरको काम गरेको उनले दावी गरे ।

महिला, वालबालिका तथा समाजकल्याण मन्त्री निलम केसीले बलात्कारमा परेका बेचिएकाहरुलाई महिलालाई न्याय प्राप्ती सजिलो बनाइदिन सरकारले प्रहरीमा महिला सेलको संख्या बढाएको बताइन् । उनले महिला र बालिकाहरुका लागि सेवा केन्द्र विस्तार गरेको र बेचिएका महिलाको उद्दारका लागि बजेट विनियोजन गरेको जानकारी गराइन् ।

बैठकमा सभासदलहरुले सरकार वलात्कार र अरु महिला हिंसाको घटना नियन्त्रणका लागि गम्भीर नभएको, न्याय पाउने आशा कम हुँदा धेरै घटना सार्वजनिक नै हुन नसकेको बताएका थिए ।

chakrapath.com बाट साभार

यो पनि पढ्नुहोस् दाजु सहिद – भाउजु परदेशी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय