जापानमा नेपालीमा देखिएको मानसिक समस्याका बारेमा छलफल

जापान- विदेशिएका नेपालीहरूमा देखिएको मानसिक समस्याबारे जापानको ओसाकामा एक कार्यक्रमको आयोजना गरिएको छ।

विगत केही समययता नेपाली समुदायको संख्यासँगै मानसिक समस्या पनि बढिरहेको सन्र्दर्भमा एनआरएन कान्साईको आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा मनोविज्ञ डा. विजय ज्ञवालीले प्रशिक्षण दिएका थिए ।

मानिसको जीवनशैली र मानसिक स्वास्थ्य तथा विदेशी भूमिमा हुने मानसिक समस्या र यसको निराकरण वारेमा कसरी तनाव व्यवस्थापन गर्न सकिन्छ सो वारेमा डा. ज्ञवालीलेले जानकारी गराए । मानसिक रोगका आधारभूत पक्ष तथा आत्महत्या नियन्त्रणमा हाम्रो भूमिका जस्ता विविध विषयमा सामाजिक अभियान चलाउँदै आएका डा. ज्ञवालीले जानकारी र्दिए ।

मानशिक स्वास्थ्य र आत्महत्या नियन्त्रण अभियानको निरन्तरताको रुपमा सम्पन्न उक्त कार्यक्रमलार्इ एनआरएनएका संयोजक नरेन्द्र बस्नेत (दिनेश)ले सहजीकरण गर्नु भएको थियो । मानसिक तनाब र यसको निराकरणको बारेमा जानकारी लिन पाएकोमा सहभागिहरुले खुसी व्यक्त गरेका थिए ।

नेपाल जापान डटकमबाट

यो पनि पढ्नुहोस्

दाजु सहिद – भाउजु परदेशी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय