मलेसियाबाट नेपाली महिलाद्धारा सहयोगको अपिल

मलेसिया- रोजगारीको लागि मलेसिया आएकी एक नेपाली महिलाले अस्पतालबाट सहयोगको अपील गरेकी छिन । धनकुटाको सुन्दाई गाविस ६ धनकुटा घर भएकी संगीता तामाङले आफूलाई सहयोग गरिदिन अपिल गरेकी हुन्।

रोजगारीको लागि १८ महिना अगाडि पेनाङको जेसिवाई कम्पनीमा आएकी संगीता तीन महिनादेखि विरामी परेकी थिईन । कम्पनीलाई वारम्वार भन्दा पनि त्यति चासो नदेखाएको सोही कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराए ।

साथीहरुको पहलमा एक हप्ता अगाडिदेखि संगीताको पेनाङ अस्पताल विएममा उपचार भैरहेको छ । साथीहरुले १७ सय रिंगेट जम्मा गरेर कम्पनीलाई उपचार गराउनको लागि पैसा वुझाएको समेत उनीहरुले वताए ।

पेनाङमा रहेका स्थानीय ब्यापारी गणेश श्रेष्ठको पहलमा संगीताको उपचारको लागि सहयोग रकम संकलन गर्ने काम भैरहेको छ । हालसम्म दुई हजार रिगेट जम्मा भैसकेको श्रेष्ठले जानकारी गराए ।

प्रवासी तामाङ एकता समाज मलेसियाका उपाध्यक्ष शेरवहादुर तामाङ पनि संगीताको उपचारको लागि सहयोग रकम संकलन गर्ने काम भइरहेको वताउँछन । हाल उनको स्वास्थमा केही सुधार आएको छ । अस्पतालको उपचारपछि नेपाल फर्काउने पहलभइरहेको वुझिएको छ ।

रामचन्द्र नेपाल, अनलाइन खवर

यो पनि पढ्नुहोस् झटपट गएको कतार भन्दा नेपाल फर्केपछिको चटपटबाट धेरै कमाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय