
दुवई- एउटा पानी जहाज भाडामा लिएर सामुहिक यौनकार्यमा संलग्न भएको अभियोग लागेका महिला र पुरुष सम्मिलित २८ जनाको एउटा समुह विरुद्धको मुद्धामा अदालतमा सुनुवाई सुरु भएको छ ।
समाचार अनुसार विभिन्न देशका ति महिला र पुरुष सम्मिलित यौन र रक्सी पार्टीमा प्रहरी अधिकारीहरु समेत संलग्न थिए । यसका बारेमा दुवई प्रहरीको अपराध अनुसन्धान विभागले सुईंको पाएपछि छापामारेर उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाइएको छ ।
उनीहरुले दुवई मरिनामा एउटा पानीजहाज भाडामा लिएर सो कार्य गत बर्षको अक्टोवर १ तारिखका दिन गरेको प्रहरीले बताएको छ । प्रहरीले विहान ८ बजे सो जहाजलाई नियन्त्रणमा लिएर त्यसमा सवार व्यक्तिहरुलाई पक्राउ गरेको थियो । रक्सीले मातेका उनीहरुलाई प्रहरीले तत्काल अस्पताल लगेर स्वास्थ्य जाँच गराएको समाचारमा उल्लेख छ । प्रहरीले पानी जहाजबाट १ सय १ रक्सीका बोतल फेला पारेको थियो । त्यसमा भोड्का, वियर तथा ह्वीस्की रहेको जनाइएको छ ।
पक्राउ परेका मध्ये १५ जना पुरुष रहेको जनाइएको छ । उनीहरु मध्ये ११ जना युएईमा नागरिक रहेको र बाँकी दुई जना इरानी तथा दुई जना कोमरोज आइल्याण्डका नागरिक रहेका थिए । ति पक्राउ परेका मध्ये चारजना प्रहरी र तीनजना सैनिक भएको जनाइएको छ ।
पक्राउ परेका १३ जना महिलामा एकजना साउदी, एक यमन, एक ओमानी तथा दुईजना मोरक्कोका नागरिक रहेको जनाइएको छ । बाँकी ८ जना युएईकै नागरिक रहेका थिए । पक्राउ परेका मध्ये एकजना पुरुषले भनें महिलाको लुगा लगाएको र श्रृंगार समेत गरेको भेटिएको जनाइएको छ ।
प्रहरीका अनुसार त्यहाँ पक्राउ परेका महिलाहरुले एकजना साथिको जन्मदिनको पार्टी मनाउन आफूहरु भेला भएको र यौन सम्वन्ध राखेको कुरालाई अस्वीकार गरेका छन् । तर प्रहरीले भनें ति महिलाहरुलाई मोटो रकम दिएर यौनसम्वन्धकै लागि त्यहाँ लगिएको दावी गरेको छ । प्रहरीले उनीहरुलाई सार्वजनिक ठाउँमा अनैतिक रुपमा यौन सम्वन्ध राखेको तथा विना लाइसेन्स रक्सी पिएको अभियोग लगाएको छ ।
सो मुद्धाको सुनुवाइका क्रममा एक महिला बेहोस भएर लडेको समेत समाचारमा जनाइएको छ । सो मुद्धाको अर्को सुनुवाई आगामी अप्रिल ५ तारिखमा हुने छ ।
यो पनि पढ्नुहोस् अरबमा दुई पेग व्हिस्कीसँगै हामी ३ लाख गधाका समस्या भुसुक्कै!