
बिनोद गौतम, भारत- नेपाली संगीत जगतको चर्चित लोक रक ब्यान्ड नेपथ्यले भारतको बेंग्लोरमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगीतको प्यास मेटाएको छ । शिक्षाका लागि संगीत भन्ने नाराका साथ बेंग्लोर आएको नेपथ्यले उपस्थित दर्शकलाई निक्कै लोभ्यो ।
स्थानिय आरआर कलेजमा आयोजित नेपथ्य कन्सर्टमा ३ हजार बढी नेपाली विद्यार्थी उपस्थित थिए । दिउँसोको प्रचन्ड घामको पर्वाह नगरी उपस्थित दर्शकले नेपथ्यको प्रतिक्षा गरेका थिए । नेपथ्यको प्रस्तुति अघि अन्य साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको कार्यक्रममा नेपाली विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने दर्जन बढी नृत्य, गीत, फेसन सो प्रस्तुत गरेका थिए ।
जब साँझ ढल्किदै गएको थियो दर्शकमाँझबाट नेपथ्य नेपथ्य भन्ने आवाज घन्काउँदै गए । स्टेज एक्कासी अध्यारो भै नेपथ्यको कार्यक्रम सुरुहुँदा आरआरको आँगन दर्शकले नेपथ्यलाई दिएको मायाले गुन्जिरहेको थियो ।
करिब ७ बजे स्टेजमा उत्रियको नेपथ्यले बिस्तारै गीत संगीत प्रस्तुत गर्दै गयो । नेपथ्यका गायक अमृत गुरुगले गीत गाईरहदा दर्शक मज्जाले नाँचेर नेपथ्य टोलिलाई साथ दिईरहेका थिए । जोगले हुन्छ भेट, छेक्यो छेक्यो, तालको पानी लगायतका गीतहरु प्रस्तुत गर्दा हजारौ दर्शकको उत्साहले कार्यक्रममा ठूलो उमंग देखिएको थियो । करिब २ घण्टा स्टेज लिएको नेपथ्यले राष्ट्रिय गीत समेत प्रस्तुत गरेको थियो । गाउँगाउँबाट उठ बोलको गीत प्रस्तुत गर्दा नेपथ्यलाई दर्शकले गतिलो साथ दिएका थिए । अझै नेपथ्यलाई स्टेजमै देख्न चाहने दर्शक जब नेपथ्य विश्राम लिदै थियो त्यतिबेला निराश देखिन्थे । १६ वटा बढी गीत प्रस्तुत गर्दै नेपथ्य उपस्थित विद्यार्थीहरुलाई अध्ययन जीवनको सफलताको कामना गर्दै स्टेजबाट बाहिरिएको थियो ।
भारतका आधा दर्जन बढी स्थानमा कार्यक्रम गरिसकेको नेपथ्य वियोन क्रियसनले आयोजना गरेको कार्यक्रममा पहिलो पटक बेंग्लोर आएको हो । आईतबार अबेर राती सकिएको कार्यक्रम सञ्चालन भने पश्चिम नेपालका रेडियोकर्मी बिनोद गौतम र नेपालीपनका सुजुकी जुकीले गरेका थिए । कार्यक्रम सकेर आज नेपाल फर्केको नेपथ्यले आउदो २८ मार्चमा नेपालगञ्जमा कार्यक्रम गर्न लागेको जनाएको छ ।
यो पनि पढ्नुहोस् अरबमा दुई पेग व्हिस्कीसँगै हामी ३ लाख गधाका समस्या भुसुक्कै!