युएईमा एक घरेलु कामदार महिलाले एक बालकलाई एसिड खन्याइन्

सारजाह- एक इण्डोनेसियाली घरेलु कामदारले सारजहाका एक रोजगारदाताको घरमा तीन बर्षिय बच्चालाई एसिड हानेर घाइते बनाएकी छिन् । त्यो घटना उनले जानीबुझी गराएको सरकारी अधिकारीहरुले दावी गरेका छन् ।

ति ४० बर्षिय महिलालाई प्रहरीले पक्राउ गरेको छ । एसिडका कारण ती तीन बर्षिय बालकको शरिरका विभिन्न भाग जलेको छ । उनलाई हाल अस्पतालमा भर्ना गरिएको गल्फ न्यूजले खवर लेखेको छ ।

घटनाका बारेमा बताउँदै ओमर नामका ति बालककी एक नातेदारले ति बालकले अर्का बालकको अनुहारमा रंगिन पेन्सिलले चित्र बनाइदिएपछि ति महिला रिसाएकी थिइन् । त्यहि झोंकमा ति घरेलु कामदारले एसिड ल्याएर ति बालकलाई छ्यापी दिएको ति महिलाले दावी गरेकी छिन् । तर पक्राउ परेकी घरेलु कामदार महिलाले भनें स्वयं ति बालकले नै एसिड खन्याएको बताएकी छिन् ।

ति बालककी नातेदार अमिनाका अनुसार ति घरेलु कामदार महिला चार बर्षदेखि त्यो घरमा काम गरिरहेकी थिइन् । उनको तलव ७ सय दिराम प्रतिमहिनाबाट बृद्धि गरेर हालै १ हजार बनाइएको थियो । ति महिला आफ्नो काम गर्ने समयावधि लम्व्याउन चाहन्थिन् । तर एकमहिना मात्र भिसा अवधि भएकी उनलाई स्वदेश फर्काउन खोजेपछि उनी रिसाएको अमिनाको भनाई छ ।

अस्पतालले ति बालकको अनुहार, हात र खुट्टा एसिडले जलेको भन्दै उनलाई प्लाष्टिक सर्जरी गर्नुपर्ने बताएको छ ।

यो पनि पढ्नुहोस्

कतारमा अन्त्य भएको एउटा सपना (भिडियो सहित )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय