युएईको फुजिरामा नेपाली दुतावासको घुम्ती टोली

फुजिरा- आज(शुक्रवार) १३ मार्चका दिन यूएईको फुजिरामा नेपाली राजदुतावास आबुधाबिको एक टोली एमआरपी आवेदन फारम संकलनका लागि आउदैछ ।

एक दिनको लागि सञ्चालन गरिने उक्त फारम संकलन कार्यका लागि फुजिराको लुलु सेन्टरको दोश्रो तल्ला रोजिएको छ ।

गैर आवासीय नेपाली संघ यूएईको बिशेष पहलमा दुतावासले एकदिने एमआरपी आवेदन फारम संकलन केन्द्र राखेको हो । संघको फुजिरा क्षेत्रीय समितीले उक्त कार्यक्रमको सम्पूर्ण जिम्मेवारी सम्हालेको छ भने मगर संघ यूएईको फुजिरा क्षेत्रीय समितीले पनि उक्त कार्यलाई सघाईरहेको छ ।

पूर्व तयारीका लागि एनआरएनए यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसाल बिहिबार साँझै फुजिरा आइपुगेका छन् । संघको फुजिरा क्षेत्रले शुक्रवार हुने उक्त कार्यक्रमको लागि आवश्यक योजना बनाइरहेको छ ।

संघका उक्त क्षेत्रका अध्यक्ष कृष्ण गिरीका अनुसार बिगत एक महिनादेखि फुजिरा क्षेत्रीय समितिले एमआरपी आवेदन फारम संकलन गर्न दुतावासको घुम्ती टोली आउने बारे घरदैलो अभियान नै संचालन गरी यहाँका नेपाली समुदाय बीच व्यापक प्रचार प्रसार गरिएको जानकारी गराएका छन् ।

प्रचार प्रसारका क्रममा प्राप्त अनुभवले फुजिरामा कार्यरत नेपाली श्रमिकहरुमध्ये अधिकांशले एमआरपी बनाइसकेको देखिएको बताउछन अध्यक्ष गिरी । “अधिकांश लेबर क्याम्पहरु सहित घरदैलो गर्दै प्रचार गर्दा लगभग पाच छ सय नेपालीले एमआरपी बनाउन बाँकि रहेको जस्तो देखिन्छ” गिरी बताउछन ।

फुजिराको डिब्बा, खोर फकान, काल्वा, फुजिरा सिटी, बिदिया लगायत क्षेत्रमा ब्यापक रुपमा एमआरपी आवेदन फारम संकलनका लागि घुम्ती टोली आउने बारे प्रचार गरिएको एनआरएनए यूएईको फुजिरा क्षेत्रले बिहिवार साँझ फुजिरामा भेटघाट गरेको छ ।

फुजिरामा नेपाली श्रमिकहरु बिशेष गरी कन्स्ट्रक्सन कम्पनी र क्लिनिंग कम्पनीमा कार्यरत रहेको फुजिरा क्षेत्रीय अध्यक्ष गिरीले बताए । उनले भने फुजिरामा लेबर क्याम्पमा बस्ने नेपाली धेरै छन् ।अधिकतम क्याम्पमा हामीहरु पुगेरै नेपालीहरुलाई दुतावासको एमआरपी घुम्ती टोलीबारे खबर गरेका छौं ।”

घुम्ती टोलीको सम्पूर्ण तारतम्य मिलाएको एनआरएनए यूएईको फुजिरा क्षेत्रीय समितीले लगभग ३ सय जना सेवाग्राही एमआरपी आवेदनका लागि केन्द्रमा आउने पक्का जस्तै भएको उल्लेख गरेको छ ।

नेपाली राजदूतावास आबुधाबिले मे महिनाको २४ तारिख भित्रमा एमआरपी बनाइसक्न यूएईमा रहेका आफ्ना नागरिकलाई आग्रह गरिसकेको छ । यसै बर्षको नोभेम्बर २४ भित्रमा एमआरपी पासपोर्ट नबनाए अन्तर्राष्ट्रिय उडान नै गर्न नपाउने बाध्यात्मक व्यवस्थाका कारण सम्पूर्ण प्रवासी श्रमिकको हातमा उक्त मितिसम्ममा अनिवार्य रुपमा एमआरपी पुगिसक्नु पर्नेछ ।

तर एमआरपी आवेदनका लागि दुतावासमा फारम बुझाएको २ ३ महिना पछि मात्रै एमआरपी हात पर्ने हुनाले अन्तिम समय सम्म कुर्नु आफ्नै लागि हानिकारक हुनेतर्फ सम्पूर्ण श्रमिकहरु चनाखो रहनु पर्ने देखिन्छ ।

न्यूज हिमालय डटकमबाट

यो पनि पढ्नुहोस् 

एनआरएन उपाध्यक्ष टिबि कार्की महात्म्य

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय