मलेसियामा १५ सय बढी पूर्व लडाकु विप्लव नेतृत्वको माओवादीमा संगठित

नेत्र बिक्रम बिमली(मलेसिया)- नेपाल जनप्रगतिशिल मोर्चा मलेसियाले आफ्नो महाधिबेसनको लागि मलेसियाका बिभिन्न क्षेत्रमा क्षेत्रिय कमिटी बनाउन सुरु गरेको छ। हालै मात्र चार वटा क्षेत्रिय कमिटी बनाएको नेकपा माओवादी प्रवास शाखाका संयोजक धनीराम सिम्खडाले बताएका छन् ।

सो क्रममा मलका राज्यमा राज्य कमिटी गठन गरिएको छ भने राबाङ्गमा क्षेत्रिय कमिटी बनेको छ। मोर्चाका सचिव नरेश भट्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमले १५ सदस्य  मलका कमिटी निर्मार्ण गर्दै सम्पन्न भएको छ।

सो कमिटीको संयोजकमा गोबिन्द महरा, उपसंयोजकमा पुरन बी सी रहेका छन् भनें सचिवमा गोबिन्द कुँवर र कोषाध्य्क्षमा लोकनाथ तिम्सिना रहेका छन् । कमिटीका सदस्यहरुमा सन्देश तामांग, गजेन्द्र बिष्ट, जनक बिष्ट, भीम बहादुर मगर, राम बहादुर बुढा, दीपक बीसी, रतन कार्की बिद्रोही चेतन साउद, करन बिक रहेका छन ।

यसैगरी रावानग़ क्षेत्रिय कमिटी मोर्चाको संयोजक अनिलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सो क्षेत्रीय कमिटीको संयोजकमा सन्तोष तामांग रहेका छन् भनें सदस्यहरुमा सिमन बीसी, दलजित श्रेष्ठ, नितेश लामा, शंकर नेपाली, दिनेश रार्इ, कुल दीप रार्इ, रमेश थापा, प्रमोद कान्छा, सागर मगर, भुवन लामा रहेका छन ।

यसैगरी केन्दिय कमिटीमा सम्भव कुँवर तथा राजन अधिकारीलाई मनोनीत गरिएको छ। मोर्चाले क्वालालम्पुर राज्य कमिटी र मुहार क्षेत्रिय कमिटी समेत गठन गरिसकेको छ ।

मलेसियामा ५ हजार भन्दा धेरै सक्रिय सदस्य रहेको र हालसम्म २ हजार भन्दा धेरै मोर्चा र पार्टीमा आवद्ध भइसकेको सिम्खडाले बताएका छन् । पूर्ब लडाकु मध्ये १५ सय भन्दा धेरै मोर्चामा आवद्ध भइसकेको सिम्खडाको भनाई छ ।

२ महिना भित्रमा ११ राज्य कमिटीको निर्माण गरिने छ भने २० भन्दा बढी क्षेत्रिय कमिटी बनाइने योजना रहेको सिम्खडाको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय