मलेसियामा धेरै नेपालीको मृत्यु सुतेकै अवस्थामा

मलेसिया, मलेसियामा ज्यान गुमाउने मध्ये सुतेको अवस्थामा नै ज्यान गुमाउने नेपालीको संख्या धेरै देखिएको छ । वितेको एक बर्ष भित्रमा मलेसियामा ज्यान गुमाएका ३ सय ६१ मध्ये जना मध्ये धेरैजसोको मृत्यु सुतेको अवस्थामा भएको मलेसियामा रहेको नेपाली दुतावासले जनाएको छ ।

मलेसियामा वितेको एक बर्ष भित्रमा मृत्यु भएका मध्ये २ सय १६ जनाको मृत्युको कारण खुल्न सकेको छैन । यसैगरी कारखाना दुर्घटनामा परेर ११ जनाको ज्यान गएको छ भनें विभिन्न रोग लागेर ५२ जनाको ज्यान गएको हो । यसैगरी ३६ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । ४६ जना नेपालीले मलेसियामा आत्महत्या गरेका छन् ।

सवैभन्दा धेरै नेपालीको गत सेप्टेम्वर र नोभेम्वरमा मृत्यु भएको थियो । सेप्टेम्वरमा ४४ जना नेपालीको मृत्यु भएको थियो भनें नोभेम्वरमा ४० जना नेपालीले ज्यान गुमाएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय