एमअारपी पाउन नाै महिना

लण्डन , कार्तिक ३- नेपालीकाे उल्लेख्य उपस्थिति रहेको रेडिङ नजिक मेडेनहेड निवासी देवी पुनले गत वर्ष नोभेम्बर तेश्रो साता लन्डनस्थित दूतावासमा यन्त्रले पढ्न सक्ने राहदानी (एमआरपी) लिन आवेदन दिइन् । पहिलोपटक तीन महिना जतिमा राहदानी बनेर आउँदा नामै गल्ती भएछ । सच्याउन फेरि दूतावासमा आवेदन दिइन्, अरु डेढ महिनामा नयाँ आउने बताइयो । डेढ महिनापछि राहदानी पाउने आशमा दूतावास गइन्, आएन । एक हप्ता, दुई हप्ता, महिना कयौं बिते तर हात परेन । राहदानी फलोअपका लागि मेडेनहेडबाट लन्डन दूतावास चार पटक धाइन्, फोन कल पनि त्यस्तै । त्यसबीचमा भिसा बढाउनु पर्दा उनलाई कम सास्ती भएन । बल्ल बल्ल ९ महिनाजतिमा राहदानी हात पर्‍यो ।

‘यति हैरान भएं कि भनि साध्य छैन्’, उनको आक्रोश थियो, ‘फोनमा बुझ्न खोज्यो फोन उठ्दैन । एकपटकमा २५ पाउण्ड खर्चेर दूतावास पुगी कर्मचारीलाई सोध्यो आउँछ आउँछ मात्र भन्छन् काम बन्दैन ।’

यो त एउटा उदाहरणमात्र हो । देवी पुन जस्ता हजारौं सेवाग्राही समयमा एमआरपी नपाएर आजित छन् । उनीहरुलाई राहदानी लिन कम्तीमा तीन देखि चार महिना कुनुपर्ने वाध्यता छ । भिसा बढाइ हाल्नुपर्नेलाई त यो विलम्वले थप चिन्तित तुल्याएको छ ।

किन यस्तो ढिलाइ हुन्छ रु कर्मचारीका भनाइमा दूतावासले संकलित सबै फाराम महिनादिनपछि मात्र परराष्ट्र मन्त्रालय पठाउँछ, परराष्ट्रले राहदानी विभाग पठाएपछि महिना दिनजतिमा विभागले राहदानी बनाउने काम सक्छ । बनेका पासपोर्ट फेरि परराष्ट्र लगिन्छ अनि मन्त्रालयले बल्ल ती लन्डन दूतावास पठाउँछ । फाराम, राहदानी जान आउन करिब दश दिन लाग्छ । दूतावास आइसकेर पनि सर्वसाधारणको घरमा पुग्दा अरु साता दिन लाग्छ । त्यसकारण सबै प्रक्रिया पुरा भएर सर्वसाधारणको हात पर्न तीनमहिना भन्दा छिटो हुनै सक्दैन ।

कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले छिटो सेवा दिने दूतावासको चाहना भएर पनि जनशक्ति अभाव र प्राविधिक समस्याले समयमै एमआरपी वितरण गर्न नसकिएको स्वीकारे । ‘बेलायतमा नेपाली जनसंख्या करिब एकलाख पुगेको अनुमान गरिएपनि कर्मचारी दरवन्दी भने सन् १९६० कै हाराहारी छ । तर, एमआरपी आवेदन दैनिक एकसय भन्दा बढि आएपछि हामी थेग्नै सकेका छैनौ’  उनले भने । यसबाहेक दिनमा एकसय भन्दा बढि इमेल, दुई सय फोन कल, भिसा आवेदन एकसय र कम्तीमा महिनाको दुई वटा डेलिगेशनले आफूहरुलाई भ्याइनभ्याइ भएको क्षेत्रीको गुनासो छ ।

आगामी वर्ष सन् २०१५, नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियमले लन्डन दूतावासमा यतिखेर एमआरपी लिनेहरुको भिड बढेको हो ।

हालसम्म करिब २५ हजार एमआरपी जारी गरिसकेको दूतावासले थप ४० हजार जारी गर्नुपर्ने अनुमान गरेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय