कुवेतमा हराइन् राधिका

झापा- वैदेशिक रोजगारमा गएकी झापाकी एक महिला १२ बर्षदेखि कुवेतमा बेपत्ता भएकी छिन् । वैदेशिक रोजगारीको लागि १२ वर्षअघि कुवेत हिंडेकी झापा धरमपुर–३ की राधिका गौतमको अहिलेसम्म कुनै खवर आएको छैन ।

पारिवारिक स्रोतका अनुसार स्थानीय म्यानपावर व्यवसायीमार्फत सन् २००३ मा कुवेत गएकी राधिकाका दुई छोरी १७ वर्षीया विस्मिता र १४ वर्षीया प्रेमिका अहिले पनि आमा आउने आशमा बाटो कुरेर बसेका छन् ।

दुई छोरीको भविष्य उज्वल बनाउन भन्दै गएकी फर्केर आइन, बेपत्ता भइ नातिनी बेपत्ता भएको पीडा पोख्दै राधिकाकी हजुरआमा ७६ वर्षीया धनमाया पाण्डे भन्छिन्, “म पनि दिनदिनै बुढ्यौलीले अशक्त हुँदैछु, यी सन्तानको भविष्य के होला कुन्नी ?”

राधिकाको खोजी गर्न परिवारले गैरआवासीय नेपाली सम्पर्क मञ्च कुवेत, कुवेतस्थित नेपाली दूतावास र कुवेतस्थित विभिन्न सङ्घसंस्थासँग लामो समयदेखि पहल गरिरहेको छ तर अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन ।

कुवेत पुगेको शुरुका दुई वर्षसम्म सम्पर्कमा रहेकी राधिकाको त्यसपछि कुनै खबर नै परिवारले पाएको छैन ।

अन्तिमपटक परिवारसँग कुराकानी हुँदै गर्दा राधिकाले एक्कासि चिच्याएको आवाज सुनिएको पारिवारिक स्रोतले बतायो । त्यसपछि हालसम्म राधिका सम्पर्कबिच्छेदमा छिन् । उनको परिवारले राधिकाको खोजीमा सघाइदिन सबैसँग अपिल गरेको छ ।

रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय