सहकर्मी निकालेपछि जेम्सका चालक र सहचालक आन्दोलनमा

 

काठमाडौं, साउन ६-

ललितपुरको धापाखेलस्थित ग्रेडेड ईगंलीश मिडियम स्कुल(जेम्स)का चालक तथा सहचालकहरु आन्दोलनमा उत्रीएका छन् । स्कुलद्धारा संचालित बस बा ३४२४ नम्बरका सहचालक ईन्द्रप्रसाद न्यौपानेलाई स्कुल व्यवस्थापन पक्षले गत असार ३० गते कामबाट निष्काशन गरेको विरोधमा न्यौपानेलाई पुनर्वहालीको माग गर्दै मजदुरहरु आन्दोलनमा उत्रीएका हुन् न्यौपानेलाई पुनर्वहाली नगरे आईतबारदेखि सम्पूर्ण यातायात मजदुरहरुले विद्यार्थी नबोक्ने संघर्षको कार्यक्रम सार्वजनिक गरेका छन्

स्कुलमा सञ्चालित २० वटा विद्यार्थी बोक्ने बसमा काम गर्ने मजदुरहरुले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जेम्स ईकाई कमिटी बनाएका कारण पूर्वाग्रह साधेर व्यवस्थापन पक्षले सहचालक न्यौपानेलाई कुनै सुचना नै नदिई कामबाट निष्काशन गरेकाले पुनर्वहालीको माग गर्दै आन्दोलन गर्नु परेको ईकाईका अध्यक्ष रबी तामांगले बताए

कुनै गल्ती नगरी कुनै सुचना नै नदिई काममा नआउनु भन्दै स्कुलका सुरक्षा गार्ड प्रयोग गरेर कामबाट बन्चीत गरेपछि बाध्य भएर आन्दोलनमा जानु परेको अध्यक्ष तामांगले बताए उनले भने साउन गते स्कुल व्यवस्थापनलाई ज्ञापन पत्र बुझायौं तर व्यवस्थापनले कुनै चासो नदेखाए पछि शुक्रबार शनिबार हातमा कालो पट्टी बांधेर कामगर्ने शनिबारसम्म माग पुरा नभए आईतबारदेखि स्कुलद्धारा सञ्चालित कुनैपनि सवारी नचलाउने उनले बताए

फागुन महिनामा चैत्रसम्मका लागि भन्दै स्कुल व्यवस्थापनले करारमा न्यौपानेलाई काममा लगाएको थियो तर करार अवधी समाप्त भएपनि असारसम्म कुनै अर्को सम्झौता नगरी काममा लगाईरहेको स्कुलले न्यौपाने संगठनमा लागेका कारण असार ३० गते कुनै सुचना नै नदिई काममा नआउनु १० हजार लिएर जानु भन्दै स्कुलको गेटबाट प्रवेश गर्न नदिएको संगठनका बागमती अध्यक्ष नवराज घिमिरेले बताए

स्कुलले गरेको करारमा कामबाट हटाउनु परे वा काम छोड्न चाहे एक महिना अघिनै लिखित सुचना दिनुपर्ने आठ नम्बर बुँदामा उल्लेख भएपनि स्कुलले सुचना नदिई एक्कासी निष्काशन गरेको घिमिरेले बताए

स्कुलका कार्यकारी निर्देशक राजेश खड्काले भने न्यौपानेले सय ४० दिन नियमित सेवा नगरेको स्कुलका कर्मचारीलाई कटौती गर्नु पर्ने भएकाले कटौतिमा न्यौपाने परेको बताए

वषौदेखि कामगर्ने मजदुर अझै करारमा

२०४० सालमा स्थापित भौतिक पूर्वाधारयुक्त सम्पन्न स्कुलका रुपमा चिनिने जेम्समा टिचिग तथा नन टिचिग स्टाफहरु करिव सय छन्

इातायातमा काम गर्ने मात्र मजदुरहरु ४० जनाभन्दा बढी छन त्यसमध्ये कमै मात्र अस्थायी स्थायी रहेका छन् अधिकांश दशौ वर्षदेखि करारमा काम गरीरहेका छन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय