युएई, बैशाख ४-
रोजगारीको शिलशिलामा युएईमा रहेका नवगायक पारस लामाले ‘वाउ क्या राम्री सोल्टिनी मेरी’ बोलको गीत सार्वजनिक गरेका छन । नेपाली नयाँ बर्ष बैशाख १ गतेको शुभ साईत पारेर उक्त गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
लोकपप र शेलो शैलीको गीतले नेपाली संगीत प्रेमीहरुको मन जित्ने विश्वास गायक लामाले व्यक्त गरेका छन । चर्चित युवा संगीतकार टंक बुढाथोकीले संगीत भरेको उक्त गीतमा ज्ञानेन्द्र थोकरको शब्द रहेको छ । गायक लामाले उक्त गीत दुबईको स्टुडियो नाइनमा रेकर्ड गराएका हुन् ।
पूर्वी पहाडी जिल्ला पाँचथरको मौवा–५ मा २०३९ सालमा जन्मिएका पारस पछिल्लो पटक झापाको शान्तिगर, बर्नेमा परिवार सहित बसोबास गर्दै आएका छन । बाल्यकालदेखि नै गीत गाउने रुची बोकेका उनले गाउँकै देउराली सांस्कृतिक परिवारबाट गीत गाउन शुरु गरेका थिए । आफ्ना जेठा दाजु सञ्जय लामाको प्रेरणाबाट गायनमा लागेको बताउने लामाले रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र, धनकुटाको संगम कार्यक्रममा गीत गाएपछि कुनै दिन गीत रेकर्ड गर्ने सपना देखेका थिए । उनले भने, ‘लक्ष्य र इच्छाशक्ति बोकेर मेहनतका साथ अघि बढे के गर्न सकिदैन, २० वर्ष पछी आफुले देखेको सपना पुरा गरेको छु ।’
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/hc-_iim8NMY?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}
