प्रवासी भुजेल समाज सेवा समिति, युएईको पाँचौं वार्षिकोत्सव सम्पन्न 

 

सुर्य खवास, युएई, चैत्र २३- 

प्रवासी भुजेल समाज सेवा समिति युएईको पाँचौं वार्षिकोत्सव अल एनको अल जाहिल पार्कमा एक कार्यक्रमका बिच सम्पन्न र्भएको छ । समाजका अध्यक्ष यम बहादुर घर्तीद्धारा केक काटेर उद्द्घाटन गरिएको उक्त कार्यक्रममा समाजका सदस्यहरु बिच शुभकामना आदान प्रदान गरिएको थियो । 

समाजद्धारा भनभने ९, टिमुरखर्क गुल्मिका १० वर्ष अघि बुबा र भर्खरै मृगौला रोगबाट आमा गुमाउन पुगेका मिना र जमुना घर्ति र ट्याक्टर दुर्घटनामा परि ढाड र कम्मरको हड्डी भाँच्ची उपचारत सोलुखुम्बुका होम बहादुर भुजेललाई आर्थिक सहयोग गर्ने निर्णय भएको छ । सो सहयोग यथासक्य छिटो भुजेल समाज सेवा समिति, केन्द्रीय कार्य समितिसँग संयोजन गरि हस्तान्तरण गर्ने निर्णय गरिएको समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार सुर्य बहादुर खवासले जानकारी दिए । 

पहिलो चरणको कार्यक्रम समापन पश्चात् दोश्रो चरणमा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त चरणमा लोक दोहोरी गायक युवराज भुजेल सहित अन्य सदस्यहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA” frameborder=”0″ allowfullscreen></iframe>{/source} 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय