भैंसी पालेरै महिनामा ६५ हजार कमाई

नुवाकोट- ककनी गाउँपालिका–६ चौताराका भीमसेन पनेरुले भैँसी पालेर मासिक ६५ हजार रुपैयाँ कमाउँछन्। गाउँमा काम नपाएपछि ११ वर्षको विदेश बसाइपछि घर फर्केर भैँसीपालन सुरु गरेका उनले दूध बिक्रीबाटै त्यती आम्दानी गर्न सफल भएका हुन्।

ुविदेशी भूमिमा गरेको दुःखले गाउँ फर्केर सुरु गरेको भैँसीपालनबाट छोटो समयमै मनग्य आम्दानी गर्न सफल भएको छुु, ३६ वर्षीय युवा किसान पनेरुले भने, ‘रोजगारका लागि साउदी अरब पुगेर बगाएको पसिना र भोगेको दुःख देख्दा आफ्नै देशमा पसिना बगाए राम्रो कमाउन सकिन्छ भनेर उतै योजना बनाएको थिए, अहिले पाँचवटा भैँसीबाट महिनाको ४५ हजार रुपैयाँ बचत गर्दै आएको छ ।’

 एक लाखका दरले पाँच लाख रुपैयाँको लगानीमा पाँचवटा भैँसी पालेका पनेरुको पिपलबोट पशुपक्षी फार्म सुरु गरेको एक वर्ष भएको छ । दैनिक ४० लिटर दूध बिक्री गरी ६५ हजार रुपैयाँ आम्दानी हुने गरेकामा भैंसीलाई दाना र खाद्यान्नमा खर्च गरेर ४५ हजार रुपैयाँ बचाउँदै आएको उनको भनाइ छ । ‘काम पनि गाह्रो छैन, समय पनि धेरै दिनु पर्दैन’, पनेरुले भने, ‘परिवारका सदस्यको सहयोगमा खेतीपाती र अरू काम गरेरै पाँचवटा भैँसी पालेर विदेशी भूमिको जति कमाई यहीँ निकालेको छु।’

उनले पाँचवटा भैँसीको आहाराका लागि आफ्नै दश रोपनी जग्गामा जई र टाँकी घाँस लगाएका छन्। हरियो घाँस खुवाउँदा दाना खरिद गर्नु पनि परेको छैन भने उत्पादन भएको दूधको पनि गुणस्तर राम्रो हुँदा आम्दानीमा हुँदै आएको वृद्धिले पनेरु परिवार उत्साहित छ । विदेशी भूमिको चर्को गर्मीमा पूरै दिन गर्ने कामले नेपालमा नै गर्दा विदेशको भन्दा राम्रो कमाई गर्न सक्ने मनोबलका साथ सुरु गरेको भैँसीपालन व्यवसायमा पाएको सफलताले अन्य युवालाई अनुसरण गराउन पनेरु उदाहरणीय व्यक्ति रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले बताए।

‘यहाँ जति काम गरे पनि पैसा कमाइँदैन भन्ने भावना भएका व्यक्तिलाई अहिले हामी नमुना किसानका रुपमा चिनाउन थालेका छौँ’, वरिष्ठ पशु विकास अधिकृत भट्टले भने, ‘कृषिमा होमिने र पशुपक्षी पालनमा लाग्ने युवाको सङ्ख्याले व्यावसायिकता र आधुनिकताको विकास सुरु भएको छ।’ पशु सेवा कार्यालयले व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको बीउ, पशुपालन तालिम, प्राविधिक सहयोग, सुधारिएको गोठ निर्माणलगायतमा अनुदान दिँदै आएको छ। रासस

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/TXPYZnBUxH4″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय