संसदिय समितिबाट राजदूतमा अनुमोदन भयो शर्मिला, रमेश लगायत १२ जनाको नाम  

काठमाडौ, चैत्र ९- 

संसदीय सुनुवाई विशेष समितिले सरकारले १२ देशका लागि सिफारिस गरेका राजदूतको नाम अनुमोदन गरेको छ । उनीहरुको अनुमोदान सर्वसम्वत रुपमा भएको हो । यसरी अनुमोदन हुनेहरुमा शर्मिला पराजुली (ओमान), रमेश कोइराला (कतार), महेन्द्रप्रसाद सिहं (साउदी अरेविया) सँगै लक्की शेर्पा (अष्ट्रेलिया), निरन्जनकुमार थापा (इजरायल), अर्जुनजङ्गवहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान) र युवनाथ लम्साल (डेनमार्क) छन् । यसैगरी चोपलाल भुसाल (बङ्गलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यान्मार), विश्वभर प्याकुरेल (श्रीलङ्का) हुन् ।  

यसमध्ये पराजुली लगायत केहि प्रस्तावित राजदूत विरुद्ध उजुरी परेपनि त्यसलाई अस्वीकार गर्दै समितिले सर्वसम्मत रुपमा उनीहरुको नाम अनुमोदन भएको हो । समितिले उनीहरुको नाममा परराष्ट्र मन्त्रालयलाई पठाएको छ । परराष्ट्रले सम्वन्धित देशमा एग्रीमोका लागि पत्र पठाएर सो देशवाट एग्रिमो स्वीकृत भएर आएपछि उनीहरु राजदूतमा नियुक्त हुनेछन् । 

यसअघि म्यानपावर व्यवसायीलाई राजदूतमा सिफारिस गरेपछि ठूलो विरोध भएको थियो । विरोध पछि युएईका लागि राजदूतमा प्रस्तावित आशा लामाको नाम फिर्ता भएपनि बाँकीको नाम यथावत राख्दै सरकारले संसदिय सुनुवाईमा पठाएको थियो । तिनै नामलाई समितिले अनुमोदान गरेको हो ।  

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/OYTgsk8CxPI?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय