काठमाडौं, फागुन ९-
जापानमा आकर्षक रोजगारीमा पठादिने नाममा ७ जनाबाट लाखौं ठगि गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका देवराज तामाङ्गलाई पक्राउ गरेको छ । काठमाडौ बसुन्धारास्थित इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी मार्फत जापान पठाइदिने भन्दै तामाङ्गले ७ जनालाई ठगि गरेको अभियोगमा पक्राउ गरेको हो ।
उनले हिरालाल ठकुरी, गोकुल रेग्मी, लक्ष्मण रेग्मी, रमेश सेढाई, बलराम गजुरेल, शम्भु प्रसाद लोहनी, सुदन भट्टराईलाई कृषिको अनुसन्धान भिषामा जापान पठाईदिने भन्दै रकम उठाएको पीडितले निवेदन दिएका छन् । आफूहरु ठगिमा परेको भन्दै रकम उठाइदिन पीडितले दिएको निवेदनका आधारमा प्रहरीले गुरुङ्गलाई बसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई ठगी मुद्दामा आवश्यक कारवाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको प्रहरीलले जनाएको छ ।