ठगि नरोकिए चैत्र १ देखि मलेसियामा कामदार पठाउन रोक: गुरुङ

 

काठमाडौं, माघ २१ 

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले रोजगारीका लागि मलेसिया जाने नेपालीसँग विभिन्न नाममा उठाउने गरिएको रकम उठाउन तत्काल नरोके कामदार मलेसिया पठाउन रोक्न सरकारसँग आग्रह गरेको छ । संघले कामदार मलेसिया पठाउने व्यवसायीको भेलामा यस्तो आग्रह गरेको हो । 

भेलामा संघका महासचिव रोहण गुरुङले बायो मेट्रिक, माइग्राम्स, ओएससी, आइएससी नामका संस्थाहरुले नेपालीसँग ठूलो रकम असुलिरहेको भन्दै त्यस्ता संस्था खारेज गर्न कुटनीतिक पहल गर्न श्रम तथा रोजगार मन्त्रालय र अन्य सरोकारवाला मन्त्रालय तथा निकायलाई अनुरोध गरे । उनले आगामी फागुन ३० गतेभित्र त्यस्ता संस्थाको अवैधानिक कामलाई रोक्न नसके कामदार मलेसिया पठाउन रोक्न सरकारसँग आग्रह गरे । 

मन्त्रालयले संघको आग्रहलाई बेवास्ता गरे ति संस्थाले गरेको आर्थिक कारोवारको सम्पूर्ण जिम्मेवारी श्रम तथा रोजगार मन्त्रालय नै हुने संघले ठहर गरेको छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source} 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय