कति छ रिंगिट, रियाल, दिरहम, दिनारको मूल्य ?   

काठमाडौं, माघ ६

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ ४१ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ५५ पैसा छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ ।   

कतारी रियालको सटही दर भनें केहि महिनायता उकालो लागेको छ । यसले हाल पहिलो गन्तव्य मुलुक बन्न सफल मुलुकको सटही दर बृद्धि हुँदा बहुसंख्यक नेपाली कामदार फाइदामा छन् । कतारी रियालको खरिदर २९ रुपैंयाँ ८० पैसा र विक्रि दर २९ रुपैंयाँ ९६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७१ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ९३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५५ रुपैंया ६३ पैसा छ भनें विक्रि दर ३५७ रुपैंयाँ ६० पैसा छ । बहराइन दिनारको खरिददर २८७ रुपैंयाँ ७७ पैसा छ भनें विक्रि दर २८९ रुपैंयाँ ३६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/chjbEXoC18M” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय