कति छ रियाल, रिंगिट, दिरहम र दिनारको मूल्य ?    

       

काठमाडौं, पुष १७  

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७५ पैसा र विक्रि दर २९ रुपैंयाँ ९१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ४९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६५ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ८८ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ १४ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ २८ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २४ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ३७ पैसा छ भनें विक्रि दर ३५६ रुपैंयाँ ३४ पैसा छ । बहराइन दिनारको खरिददर २८७ रुपैंयाँ ३१ पैसा छ भनें विक्रि दर २८८ रुपैंयाँ ९० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय