आफन्त र चिनेजानेको नाममा विदेश जानेहरु ठगिने क्रम धेरै

 

राम प्रमेश मण्डल, सप्तरी, पुष १३

बैदेशिक रोजगारीमा पठाइदिने बहानामा आफन्त वा स्थानिय दलालहरुबाट ठगिएका ७ सय २६ वटा घटना सप्तरी स्थीत सुचना तथा परामर्श केन्द्रमा दर्ता भएका छन् । यसले बैदेशिक रोजगारका नाममा भइरहेको ठगिको चित्रण गर्ने यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताए । 

एमनेष्टी ईन्टरनेशनल नेपाल, एमनेष्टी सप्तरी समुह नं. ३०, सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल तथा सबल नेपालले संयुक्त रुपमा आयोजना गरेको बैदेशिक रोजगारको चुनौती र हाम्रो भूमिका सम्वन्धि कार्यक्रमका वक्ताहरुले बैदेशिक रोजगारका नाममा धेरै युवा ठगिमा परिरहेको बताए । 

कार्यक्रममा शिवु मण्डल, सन्तोश कुमार मण्डल, मुकेश कुमार स्वर्णकार, अनसारुल, मायानन्द ठाकुर लगायत २१ जना बैदेशिक रोजगारीको क्रममा ठगिएका युवाहरुले आफूहरुले भोगेका समस्याका बारेमा जानकारी गराउँदै न्यायका लागि पहल गरिदिन अनुरोध गरे ।

सो अवशरमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक बद्री कुमार कार्कीले कानुनी उपचारको उपायका बारेमा जानकारी गराएका थिए । कार्कीले बोर्डले गरेको आर्थिक सहायता लगायतका बारेमा जानकारी गराए । उनले समस्यामा परेमा जिल्लास्थीत सामी परियोजनाद्धारा सञ्चालित सुचना केन्द्रमा सम्पर्क गर्न आग्रह गरे । 

कार्यक्रममा बैदेशिक रोजगार र सप्तरीको अवस्थाका बारेमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालद्धारा सञ्चालित सूचना तथा परामर्श केन्द्रका परियोजना संयोजक राम प्रमेश मण्डल जानकारी गराएका थिए । यसैगरी बैदेशिक रोजगारीको वर्तमान अवस्था र अप्रवासी कामदारहरु माथि भईरहेको शोषण र मानव अधिकारको हनन्को अवस्थाको वारेमा एमनेष्टीका अभियान अधिकृत अस्मिता सापकोटाले जानकारी गराइन् । 

जिल्ला प्रशासन कार्यालय, सप्तरीको तथ्याँक अनुसार आर्थिक बर्ष २०६८ ६९ देखि २०७२७३ सम्ममा ८२ हजार ८ सय २८ जनाले राहदानी लिएका छन् । 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय