दोहा, पुष ८
कतारको खानेपानी केमिकल तथा व्याक्टेरियाबाट सुरक्षित भएपनि यसले विरामी पार्नसक्ने एक अध्ययनले देखाएको छ । पानीको गुणस्तरका बारेमा अनुसन्धान गरेका एक अध्ययनकर्ताले यस्तो चेतावनी दिएका छन् । मरभूमिको देश कतारमा खानेपानीको अभाव छ ।
कतारमा धारामा आउने पानी मध्ये आधा समुन्द्रको पानीलाई प्रशोधन गरेर वितरण गरिन्छ । यस प्रशोधन प्रकृयामा समुद्रको नुन मिसिएको पानीबाट नुनलाई हटाउने गरिन्छ । यो प्रकृयामा शरिरलाई आवश्यक पर्ने तत्वहरु पनि नरहने गरेको अनुसन्धानकर्ता डा. जेरोम न्रिआगुले बताएका छन् । उनी मिचिगन विश्वविद्यालयमा आवद्ध अनुसन्धानकर्ता हुन् ।
गत हप्ता कतार वातावरण तथा उर्जा अध्ययन केन्द्र(क्यूईईआरआई) ले आयोजना गरेको कार्यशालामा उनले सो अध्ययनको निश्कर्ष प्रस्तुत गरेका थिए । दोहा न्यूजसँगको कुराकानीमा उनले पोटासियम तथा म्याग्नेशियम कम भएको पानी निरन्तर रुपमा खाँदा यसले उच्चरक्तचाप बढाउनुका साथै अन्य स्वास्थ्य समस्या आउने बताए । उनले हाल वितरण भइरहेको पानीले क्यान्सर हुने बारेमा आफूले यकिनसाथ बताउन नसकेपनि यसले क्यान्सरको हुने पद्धतीलाई सहयोग गर्ने बताए । विश्व स्वास्थ्य संगठनले यसअघि नै कतारलाई पानीका कारण हुने समस्याका बारेमा सचेत गराइसकेको छ ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tM0uQinIies” frameborder=”0″ allowfullscreen></iframe>{/source}
