जुम्लामा संगठित भए यातायात मजदुर 

काठमाडौं, मंसीर २९– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, जुम्ला जिल्ला भेला जुम्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ । भेलाले प्रेम थापाको अध्यक्षतामा संगठनको ७ सदस्यीय जुम्ला जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा लेखनाथ न्यौपाने, सचिव जग बुढा, सहसचिव रामबहादुर रावल तथा देवप्रसाद बुढालाई कोषाध्यक्षमा चयन गरियो । कमिटीको सदस्यहरुमा लक्ष्मी रावल र सहदेव महत रहेका छन् । 

सो भेलालाई प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले संगठनमा लागेपछी हुने परिवर्तनका बारेमा जीवन उपयोगी र संगठनले हाल गर्दै गरेको कामका बारेमा प्रकाश पारे । उनले जुम्लामा सबै मजदुरलाई संगठनको झन्डामुनी गोलबन्द गर्न आह्वान गर्नुका साथै जुम्ला जिल्ला कमिटी कर्णालीको पहिलो कमिटी भएकाले यो कर्णालीको संस्थापक कमिटी समेत भएको धारणा राखे । प्रमुख अतिथि अर्यालले कर्णालीको समग्र कामको अगुवाइ समेत यो कमिटीले गर्नुपर्ने बताए । 

सो अवशरमा विशेष अतिथिका रुपमा बोल्दै संगठनका उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले नवनिर्वाचित कमिटीलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिए । यसैगरी संगठनका महासचिव भीमज्वाला राईले सरकारले अगाडी बढाएको मजदुर विरोधी कानूनहरुका बारेमा प्रष्ट पार्दै यसमा सवै यातायात मजदुरलाई सचेत रहन आग्रह गरे । 

यो पनि पढ्नुहोस् 

साउदीबाट १ सय १६ नेपालीद्धारा उद्धारको अपिल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय