रियाल पछि दिरामको भाउ पनि पुग्यो ३० माथि, रिंगिट २५ तल नै

   
काठमाडौं, मंसिर १४ 
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ११ पैसा र विक्रि दर ३० रुपैंयाँ २८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८६ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ २ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया २४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४० पैसा रहेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३५९ रुपैंया ६७ पैसा छ भनें विक्रि दर ३६१ रुपैंयाँ ६४ पैसा छ । बहराइन दिनारको खरिददर २९० रुपैंयाँ ९२ छ भनें विक्रि दर २९२ रुपैंयाँ ५२ पैसा छ ।
तर पछिल्लो समयमा ओरालो लागिरहेको मलेसियन रिंगिट भनें उकालो लाग्न सकेन । रिंगिटको खरिद दर २४ रुपैंयाँ छ ५७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ७१ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै थियो । अहिले त्यो घटेर २४ रुपैंयामा उत्रिएको छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय